TLC Banner

भद्रकाली माध्यमिक विद्यालय गोरखा द्धारा शिक्षक आवश्यकता सम्बन्धी सूचना प्रकाशित

Bhadrakali Secondary School Gorkha Vacancy
Bhadrakali Secondary School Gorkha Vacancy

भद्रकाली माध्यमिक विद्यालय गोरखा द्धारा शिक्षक आवश्यकता सम्बन्धी सूचना प्रकाशित:

प्रस्तुत विषयमा यस गण्डकी गाउँपालिका गाउँकार्यपालिका को कार्यालय भुम्लिचोक गोरखाको च. नं. ८५४७/०७५-०७६ को पत्रानुसार यस श्री भद्रकाली माध्यमिक विद्यालय गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लिचोक गोरखामा रिक्त हुन आएको प्राथमिक तह तृतीय श्रेणीका लागि करारमा शिक्षक पदपुर्ति गर्नुपर्ने भएकोले तपशीलका योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।

तपशील

पद:- प्राथमिक तह (करार शिक्षक)

योग्यता:- आइ.एड. वा सो सरह

संख्या:- १ जना (एकजना)

दरखास्त दिने अन्तिम मिति: २०७६ बैशाख २० गते बेलुकी ४:०० बजेसम्म

उमेर:- १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

तलव स्केल:- नेपाल सरकारको प्रचलित नियमानुसार

आवश्यक कागजातहरु

  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • एस.एल.सी. देखि प्रमाणपत्र तहसम्मको प्रमाणपत्र तथा लव्धाङक पत्रको प्रतिलिपि
  • अध्यापन अनुमति पत्रको प्रतिलिपि
  • हस्तलिखित निवेदन
  • आवेदन दस्तुर :- रु. १,०००।- (एक हजार रुपैयाँ) मात्र ।

लिखित तथा मौखिक परीक्षा हुने मिति सम्पर्क मितिका दिन तोकिने । 

बिस्तृत जानकारीका लागि सम्पर्क ९५४१६५९१६२ (प्र.अ.) ९८४६०७०३०१ (शिक्षक)

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.