The London College Top Banner Ad

भोटेकोशी गाउँपालिका का लागि स्वास्थ्यकर्मी आवश्यकता सम्बन्धी सूचना

Bhotekoshi Rural Municipality Vacancy Notice

भोटेकोशी गाउँपालिका (Bhotekoshi Rural Municipality Vacancy for Health Services) गाउँ कार्यपालिकाको कार्यालय फल्पिङकट्टि, सिन्धुपाल्चोक, ३ नम्बर प्रदेश, नेपाल

हे.अ,/अ.हे.व. र स्टाफ नर्स/अ.न.मी. करारमा सेवा लिने सम्बन्धि सुचना

यस गाउँपालिका अन्तर्गतका बिभिन्न स्वास्थ्य संस्थाहरुमा सेवा सञ्चालनका लागि यस आ.व. ०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम तपशिलममा उल्लेखित कर्मचारीहरु करार सेवामा राख्नुपर्ने भएकोले योग्यता पुगेका, १५ वर्ष उमेर पुरा भई पुरुष भए ३५ वर्ष र महिला भए ४० वर्ष ननाघेका तथा प्रचलित कानुनद्वारा अयोग्य नभएका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध) दिन भित्र कार्यालय समयमा राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । रित नपुगी या म्याद नाघी आएका निवेदनहरु माथि कुनै कारवाही हुने छैन । अन्य थप जानकारीको लागि कार्यालय समय भित्र यस गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न सकिनेछ ।

विज्ञापन नम्बर: ०१

  • किसिम: खुल्ला
  • पद: हेल्थ असिस्टैन्ट /अ.हे.व
  • माग संख्या: २ जना
  • पारिश्रमिक: १६,०००
  • दरखास्त दस्तुरर: ५००/-
  • नियुक्तिको किसिम: करार
  • शैक्षिक योग्यता: हेल्थ मान्यता प्राप्त शिक्षण संस्थाबाट हे.अ. वा अ.हे.व उर्त्तीण भई नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता तथा नविकरण गरेको हुनुपर्नेछ ।

विज्ञापन नम्बर: ०२

  • किसिम: खुल्ला
  • पद: स्टाफ नर्स / अ.न.मी.
  • माग संख्या: ३ जना
  • पारिश्रमिक: १६,०००/-
  • दरखास्त दस्तुरर: ५००/-
  • नियुक्तिको किसिम: करार
  • शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स वा हे.अ. वा अ.न.मी. उत्तीर्ण भई नेपाल ; काउन्सिलमा दर्ता तथा नविकरण गरेको हनुपर्नेछ।

विज्ञापन नम्बर: ०३

  • किसिम: खुल्ला
  • पद: स्टाफ नर्स / अ.न.मी.
  • माग संख्या: २ जना
  • पारिश्रमिक: २२,१७०/-
  • दरखास्त दस्तुरर: ५००/-
  • नियुक्तिको किसिम: करार
  • शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स वा अ.न.मी. उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता तथा नविकरण गरेको हुनुपर्नेछ। SBA तालिम लिएको हुनुपर्ने ।

मुख्य कार्यहरु : कार्य विवरणमा उल्लेखित एवं भोटेकोशी गाउँपालिकाको निर्देशन बमोजिमका कार्यहरु ।

क) हे.अ. वा अ.हे.व. को कार्य विवरण

  • हे.अ. वा अ.हे.व. को कार्य विवरणमा उल्लेख भएका सम्पूर्ण कार्यहरु गर्ने)
  • दैनिक कार्यालय संचालन तथा व्यवस्थापन, बिरामी जाँच, रेकर्डिङ, स्वास्थ्य शिक्षा, झाडा पखाला नियन्त्रण ।
  • स्वासप्रस्वास रोग नियन्त्रण, परिवार नियोजन, यौन तथा एच.आई.भी. एडस सम्बन्धि कार्यक्रम संचालन ।
  • क्षयरोग तथा कृष्ठरोग नियन्त्रण, महिला स्वास्थ्य स्वंयसेविका कार्यक्रम संचालन, आमा समूह बैठक संचालन ।
  • महामारी रोग व्यवस्थापन, राष्ट्रिय स्तरका कार्यक्रमहरु संचालन गर्ने र भोटेकोशी गा.पा.ले लाए अह्वाएको कार्यहरु गर्ने आदि । 

ख) स्टाफ नर्स वा अ.न.मी.को कार्यविवरण

  • नेपाली नागरिकताको प्रतिलिपी
  • स्थानीय व्यक्तिको हकमा सम्बन्धित वाड कार्यालयको स्थायी बसोबासको सिफारिस पत्र
  • आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपी
  • विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी
  • व्यक्तिगत विवरण
  • अन्य तालिम लिएको भए सोको प्रमाण्पत्र र नर्सिङको लागि 580 तालिम लिएको भए सोको प्रमाणपत्रहरु ।
  • यस अघि कामको अनुभव भए सो लाई पुष्टयाई गर्ने कागजातहरु र कार्यअनुभवको प्रमाणपत्रहरु ।
  • दस्तुर बुझाएको सक्कलै भौचर
  • पेश गरिने सबै प्रतिलिपीको पछाडी उम्मेद्वार स्वंयले हस्ताक्षर गरि प्रमाणित गर्ने । 

दरखास्त बुझाउने अन्तिम मिति: कार्यालयमा सुचना प्रकाशित भएको मितिले १५ औं दिनको कार्यालय समय भित्र । 

छनौट प्रक्‌या: प्राप्त दरखास्तहरु मध्ये शैक्षिक योग्यता, कार्यअनुव र स्थायी ठेगानाको आधारमा मूल्याङ्कन गरी सुचिकृत गरिनेछ र सुचिकृत उम्मेदवारहरु मध्येबाट अन्तरवार्ताको माध्यमबाट छनौट गरिनेछ । अन्तर्वातामा आउँदा पेश गरिएका सबै प्रमाणपत्रहरु सक्कल लिएर आउनु पर्नेछ ।

प्रथम पटक प्रकाशित मिति : २०७६/०१/१२

Comments