TLC Banner

बुद्धज्योति लघुवित्त वित्तीय संस्था का लागि कर्मचारी आवश्यकता

Buddha Jyoti Laghubitta Bittiya Sanstha
Buddha Jyoti Laghubitta Bittiya Sanstha

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त गरी १० जिल्ला (रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ्ग, मुस्ताङ्ग, म्याग्दी, र रुकुम) कार्यक्षेत्र रहेको “बुद्धज्योति लघुवित्त वित्तीय संस्था लि.” को लागि देहाय अनुसार योग्यता एवं अनुभव पुगेका व्यक्तिहरु आवश्यक भएकोले इच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिबाट ७ दिन भित्र आफो व्यक्तिगत विवरण सहित तलको ठेगानामा दरखास्त पेश गर्नुहुन सूचित गरिन्छ ।

विज्ञापन नंः १/२०७५/०७६

  • पद: प्रबन्धक
  • श्रेणी: व्यवस्थापकीय
  • संख्या: १
  • आवश्यक न्युतम योग्यता: स्नातकोत्तर उपाधी हासिल गरी लघुवित्त क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव वा स्नातक उपाधी हासिल गरी लघुवित्त क्षेत्रमा कम्तिमा ५ वर्षको ककन भई पछिल्लो २ वर्ष कम्तिमा अधिकृत स्तरमा कार्य गरेको हुनुपर्ने । 

विज्ञापन नंः २/२०७५/०७६

  • पद: सहायक अधिकृत
  • श्रेणी: अधिकृत श्रेणी
  • संख्या: १
  • आवश्यक न्युतम योग्यता: स्नातक उतिर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा २ वर्षको आई.टी. नि सम्बन्धी अनुभव भएको एवं  केन्द्रीय कार्यालयमा लेखा सम्बन्धी काम गरेको हुनुपर्ने । 

विज्ञापन नंः ३/२०७५/०७६

  • पद: सहायक
  • श्रेणी: अधिकृत श्रेणी
  • संख्या: केही
  • आवश्यक न्युतम योग्यता: स्नातक तह उत्तीर्ण गरेको वा प्रविणता प्रमाणपत्र उत्तीर्ण श्रेणी गरी लघुवित्त क्षेत्रमा ३ वर्षको कार्य अनुभव भई कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्ने ।

विज्ञापन नंः ४/२०७५/०७६

  • पद: सहायक प्रशिक्षार्थी
  • श्रेणी: सहायक श्रेणी
  • संख्या: केही
  • आवश्यक न्युतम योग्यता: एस.एल.सी उत्तीर्ण गरी ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक भएको। 

थप योग्यता: तराईका दुर्गम तथा पहाडी ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक एवं गैर सरकारी संस्थाहरुमा कार्य अनुभव भएका निवेदकहरुलाई विशेष ग्राहयता दिइनेछ ।

उमेरको हद: व्यवस्थापकीय श्रेणीको लागि ५५ वर्ष ननाघेको, अधिकृत श्रेणीको लागि ४० वर्ष ननाघेको, र सहायक स्तरका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको - महिलाको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ ।

तलब भत्ता तथा सुविधा: वित्तीय संस्थाको नियमानुसार हुनेछ ।

पेश गर्नुपर्ने कागजातहरु: आफूले आवेदन गरेको विज्ञापन नं. र पद उल्लेख हुनेगरी निवेदन, बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता, तथा तालिमका प्रमाणपत्रहरु, १ प्रति पासपोर्ट साइजको फोटो ।

दरखास्त बुझाउने स्थान: बुद्धज्योति दि तक संस्था लिमिटेडको केन्द्रीय कार्यालय पर्सा लुम्बिनी, रुपन्देही वा इमेल : buddhajyotimf@gmail.com मा पनि पठाउन सक्नेछ ।

दरखास्त दिने अन्तिम मितिमा बिदा परेमा सोको भोलिपल्ट बुझाउन सकिनेछ । म्याद नाघेको वा रित नपुगेका निवेदकहरु स्वतः रद्द । छनोट सूचिमा पर्ने उम्मेदवारलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ साथै कर्मचारी छनौटको सम्पूर्ण अधिकार संस्थामा निहित रहेनछ ।

सम्पर्क:

 बुद्धज्योति लघुवित्त वित्तीय संस्था लि.

Buddhajyoti Laghubitta Bittiya Sanstha Ltd.

केन्द्रीय कार्यालयः पर्सा, लुम्बिनि, रुपन्देही, फोन : ०७१-४०४०७३

सूचना प्रकाशित मिति : २०७६/०१/१९ गते

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.