TLC Banner

जाल्पा लघुवित्त वित्तीय सस्था लिमिटेड का लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Jalpa laghubitta Bittiya Sanstha Vacancy
Jalpa laghubitta Bittiya Sanstha Vacancy

नेपाल राष्ट्र बैंकबाट 'घ'वर्गको इजाजत पत्र प्राप्त १० जिल्ला कार्य क्षेत्र भएको यस जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई नवलपुर (वर्दघाट सुस्तापूर्व) र स्याङ्गजा जिल्लामा केही शाखाहरु बिस्तार गर्ने सन्दर्भमा तपशिलमा उल्लेखित पदमा योग्य कर्मचारीहरु आवश्यक भएकोले विपन्न वर्गमा काम गर्न ईच्छुक,उत्साही,जुझारु तथा परिणाममुखी नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ। आफूनो दरखास्त फारमका साथ हालसालै खिचेको पासपोर्ट साइजको (रंगीन) फोटो २ प्रति, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि, व्यक्तिगत विवरणका साथमा निवेदन समावेश गरी मिति २०७६/०२/१०गते शुक्रबार सम्म कार्यालय समय भित्र निवेदन पेश गर्नको लागी सूचना गरिन्छ।

१.विज्ञापन नं.: ०२/२०७५/०७६

तह: सुपरभाईजर (शाखा प्रबन्धक)

आवश्यक संख्या: ६ (छ) जना

न्युनतम शैक्षिक योग्यता: प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी वरिष्ठ सहायक वा सो सरहको पदमा अन्य बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्ष वा सहायक वा सो सरहको पदमा कम्तीमा ४ वर्ष कार्य गरेको अनुभव हुनुपर्नेछ । नवलपुर क्षेत्रमा कार्य गरेका तथा मोटरसाइकल सवारी चालक अनुमति पत्र भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिईनेछ ।

उमेरः दरखास्तालिइने अन्तिममिति सम्म १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको ।

परिक्षाको किसिम: अन्तरवार्ता

छ्नौट विधिः तोकिएको म्याद भित्र प्राप्त दरखास्तहरु मध्येबाट छोटो सुची (Shortlisting) तयार गरिनेछ र छोटो सुचीमा परेका उम्मेदवारहरुलाई अन्तरवार्ताको लागी फोन वा इमेल मार्फत जानकारी गराईने छ।

छनौट भएका उम्मेदवारलाई सस्थाका कुनै पनि शाखा कार्यालयमा खटाउन सक्निछ। कर्मचारी आवश्यकताको विज्ञापन सम्वन्धी कार्यक्रम स्थगन तथा रद्द गर्नसक्ने सम्मको अधिकार संस्थामा निहित रहनेछ । रीत नपुगेको अथवा म्याद नाघी प्राप्त भएको आवेदन उपर कुनै कारवाही हुनेछैन ।

सेवा सुविधाः संस्थाको नियमानुसारहुनेछ ।

दरखास्त फारम पाइने र बुझाउने स्थान:उल्लेखित मिति भित्रमा सस्थाको केन्द्रीय कार्यालय पोखरा-८, सिमलचौर,फोन नं: ०६१५५१४९५/०६१५२३९५५ तथा सस्थाको वेबसाइट www.Jalpamf.com बाट फाराम प्राप्त गरी फाराम अनुसारको विवरण भरी केन्द्रीय कार्यालय वा संस्थाको इमेल

Jobs@jalpamf.com मा पठाउन सकिन्छ ।

- पदपूर्ति समिति

जाल्पा लघुवित्त वित्तीय सस्था लिमिटेड

(Jalpa laghubitta Bittiya Sanstha)

पोखरा-८, कास्की

(प्रथम पटक प्रकाशित मितिः२०७६/०१/२७)

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.