TLC Banner

काली गण्डकी बहुप्राविधिक शिक्षालयलाई कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Kaligandaki Poly Technic institute
Kaligandaki Poly Technic institute

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌

काली गण्डकी बहुप्राविधिक शिक्षालय पुट्टार, तनहुँको सेवा करारसम्बन्धी

(प्रथमपटक प्रकाशित मिति : २०७६।०१। २७ गते)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌ अन्तर्गतको काली गण्डकी बहुप्राविधिक शिक्षालय, घिरिङ्ग गा.पा. १, पुट्टार, तनहुँमा देहायका पदमा परिषद्‌ कार्यालयबाट अर्को निर्णय नभएसम्मका लागि तपसिलका पदमा परिषद्को कर्मचारी सेवा, सर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६९ को परिच्छेद २ को विनियम ९ को उप-विनियम ४ अनुसार सेवा करारमा प्रशिक्षण तथा प्रशासनिक कार्य गर्न देहायका पदमा न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रथमपटक प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफूले प्राप्त गरेको शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रतिलिपिसहित शिक्षालय प्रशासनमा रु.१० को टिकट टाँस गरी निवेदन दिनहुन सम्बन्धित सबैको जानकारीको लागि परिषद्‌ कार्यालयको मिति २०७६।०१।०५ गतेको निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ । रीत नपुगेका र म्याद नाघी आएका दरखास्त फारामउपर कुनै कार्यवाही नहुने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । साथै परीक्षासम्बन्धी कार्यक्रम पछि प्रकाशन गरिनेछ । अन्य जानकारीको लागि शिक्षालय प्रशासनमा सम्पर्क रारूनहुन समेत अनुरोध छ।

बि.न.: ५/०७५/०७६

  • पद: प्रशासकीय सहायक
  • स्तर / श्रेणी: सहायक स्तर प्रथम श्रेणी
  • आवश्यक न्यनतम शैक्षिक योग्यता:  मान्यता प्राप्त शिक्षण सस्थाबाट प्रविणता प्रमाण तह दश जोड दुई वा सो सरह उत्तीर्ण । 

बि.न.: ०६/०७५/०७६

  • पद: लेखापाल
  • स्तर / श्रेणी: लेखा
  • आवश्यक न्यनतम शैक्षिक योग्यता:  मान्यता प्राप्त शिक्षण सस्थाबाट प्रविणता प्रमाण तह दश जोड दुई वा सो ससरह उत्तीर्ण । 

बिन: ०६/०७५/०७६

  • पद: सहायक प्रशिक्षक
  • स्तर / श्रेणी: सहायक स्तर प्रथम श्रेणी
  • आवश्यक न्यनतम शैक्षिक योग्यता:  मान्यता प्राप्त शिक्षण सस्थाबाट (सर्मे, सिभिल, आर्किटेक इन्जिनियरिङ्ग विषयमा) डिप्लोमा वा सो सरह उत्तीर्ण वा सीप परीक्षण तह ३ उत्तीर्ण ।

 

शिक्षालय प्रमुख

कालीगण्डकी बहुप्राविधिक शिक्षालय

(Kaligandaki Polytechnic Institute, Ghiring-1, Puttar, Tanahu)

पुट्टार, तनहुँ, सम्पर्क नं. ०६५-६२००१४

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related college

Kaligandaki Polytechnic Institute

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.