प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नं १, धनकुटा
करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना:
यस स्वास्थ्य निर्देशनालय, प्रदेश नं १, धनकुटा को आ.व. २०७५-७६ को स्वीकृत कार्यक्रम अनुसार प्रसुती सहायता कार्यक्रम सञ्चालनका लागि तपसिल बमोजिमको पदहरु आवश्यक परेको हँदा तपसिल वमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र दिनको २:०० बजे सम्म यस निर्देशनालयमा लोक सेवा आयोगको दरखास्त फारमको ढाँचामा निवेदन सहित पासपोर्ट साइजको फोटो २ प्रति, व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाण पत्र र अनुभवको प्रमाणित प्रतिलिपीहरु संलग्न गरि पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. तपसिल:
विज्ञापन नं.: ०१-२०७५/७६
- सेवा: स्वास्थ्य
- तह: आठौँ / नवौँ
- पद: Locum डाक्टर
- आवश्यक संख्या: १ (एक
- कैफियत: छोटो अवधिका लागि दुर्गम जिल्लाका अस्पतालमा गई सेवा दिनुपर्ने
विज्ञापन नं.: ०२-२०७५/७६
- सेवा: स्वास्थ्य
- तह: पाँचौं
- पद: Anesthesia Assistant
- आवश्यक संख्या: १ (एक
- कैफियत: छोटो अवधिका लागि दुर्गम जिल्लाका अस्पतालमा गई सेवा दिनुपर्ने
२. दरखास्त दिने अन्तिम मिति: २०७६/०१/३१
३. परीक्षाको किसिम: अर्न्तवार्ता
४. अर्न्तवार्ता हुने मिति, समय र स्थान: २०७६/०२/०१ गते बिहान ११:०० बजे, स्वास्थ्य निर्देशनालय, धनकुटा
५. दरखास्त दस्तुर: नवौँ तहको रु १,२००/-, आठौँ तहको रु १०००/- र पाँचौँ तहको रु ४००/-
६. तलबरभत्ता: तलब शुरुको स्केल र भत्ता प्रदेश सरकारले तोकिए बमोजिम हुनेछ।
७. सेवा करार अवधि: २०७६ असार मसान्त सम्म
८. आवश्यक न्यूनतम योग्यता:
- १० वर्ष पुरा भई ४५ वर्ष ननाघेको । ० सम्बन्धित काउन्सिलमा दर्तारनविकरण भएको ।
- Lucam डाक्टरस नेपाल सरकार बाट मान्यता प्राप्त संस्थाबाट : D(Gynae/Obs)/MDGP/DGO उपाधि प्राप्त गरि C/S सेवा दिन सक्ने।
- Anesthesia Assistant: नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट One-year course / Diploma in Anesthesia गरेको।
९. नोट:
- Lucam डाक्टर MD (Gyanae/Obs) तथा MDGP नबौँ तहको हुने र DGO आठौँ तहको हुने ।
- दरखास्त रितपूर्वक नभएमा अर्न्तवार्तामा सम्मिलित गराइने छैन ।
- संलग्न सबै प्रतिलिपीहरुको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरि प्रमाणित गर्नुपर्नेछ ।
- शैक्षिक योग्यता, अनुभव र अर्न्तवार्ताको आधारमा छनौट गरिनेछ ।
- बजेट व्यवस्थापन भएमा अर्को आर्थिक वर्षमा निरन्तरता हुन सक्ने ।
सम्बन्धित थप जानकारीको लागि निर्देशनालयको सूचना पाटी वा कार्यालाय समयमा यस निर्देशनालयको सम्पर्क नं ०२६-५२०५००५, ०२६-५२०२१३ मा सम्पर्क गर्न सकिन्छ ।
प्रथम पटक प्रकाशित मिति: २०७६/०१/१७