The London College Top Banner Ad

एलएल.बी. प्रथम वर्ष प्रवेश परीक्षाको फारम भर्ने सम्बन्धी सूचना - त्रिभुवन विश्वविद्यालय

Nepal Law Campus

त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पस प्रदर्शनी मार्ग, काठमाडौँ

एलएल.बी. प्रथम वर्ष २०७५ समूहमा भर्नाका लागि प्रवेश परीक्षा फारम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय, त्रि.वि. कानून संकायको च.नं. ४७३/०७५/०७६ मिति २०७५/१२/२६ गतेको पत्रानुसार शैक्षिक वर्ष २०७५ /०७६ को एलएल.वी. प्रथम वर्षमा भर्नाका लागि प्रवेश परीक्षा लिई उर्तिण विद्यार्थीहरुलाई मात्र भर्ना गर्नु भनी पत्राचार भए वमोजिम यस क्याम्पसमा संचालन हुने ३ (तीन) वर्षे एलएल.वी कार्यक्रमको (शैक्षिक वर्ष २०७५/०७६ को प्रथम वर्ष) भर्नाका लागि लिइने प्रवेश परीक्षाका लागि निम्न शर्तहरु सहित यो सूचना प्रकाशित गरिएको छ।

आवेदन फाराम वितरण र दर्ता :  २०७५ साल चैत्र २९ गते शुक्रबार देखि २०७६ साल वैशाख २७ गतेसम्म (विहान ११.०० बजे देखि दिउँसो ३:०० बजे भित्र)
फाराम उपलब्ध हुने स्थान :  नेपाल ल क्याम्पस, लेखा शाखाबाट रु १०५० को भौँच बुझाए पश्चात्‌ प्राप्त गर्ने सकिनेछ ।
फाराम बुझाउने स्थान:  नेपाल ल क्याम्पसको परीक्षा शाखा 
प्रवेश परीक्षा फर्म दस्तुर:  रु.५०।- (अक्षरुपी पचास) मात्र
प्रवेश परीक्षा दस्तुर:  रु. १०००।- (अक्षरुपी एक हजार) मात्र
प्रवेश परीक्षा :  २०७६ साल जेष्ठ ४ गते शनिबार दिउसो ११:०० देखि २:०० बजे सम्म जेष्ठ ४ गते शनिबार दिउसो ११:०० देखि २:०० बजे सम्म ।
प्रवेश परीक्षा केन्द्र:  अक्रो सूचना मार्फत प्रकाशित गरिनेछ ।
प्रवेश परीक्षामा आवेदन गर्न आवश्यक शैक्षिक योग्यता: त्रि.वि.बाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक उर्तिण भएका विद्यार्थीहरुले मात्र आवेदन गर्न पाईनेछ , तर कानून स्नातक (बी.एल. एलएल.बी र बी.ए.एलएल.बी, वा सो सरह) उर्तिण गरी सकेका विद्यार्थीले प्रवेश परीक्षा दिन पाउने छैन ।

प्रवेश परीक्षामा तपसील बमोजिमका विषयवस्तु मध्येबाट प्रश्न सोधिने

क) नेपालको संविधान

ख) कानूनका सिद्धान्तहरु - कानूनको परिचय, विधिशास्त्रको परिचय र सम्प्रदाय, कानूनको स्रोत, सम्पत्ति सम्वन्धी अवधारणा, न्याय सम्बन्धी व्यवस्था, हक र अधिकार, भोग र स्वामित्व तथा व्यक्ति र व्यक्तित्व ।

प्रश्नको प्रकृति: २०x५= १००

प्रवेश परिक्षामा कूल पूर्णाकं जसमा ५ अंकका २० वटा छोटा प्रश्न

मिति : २०७५/१२/२८

Nepal Law Campus

Exhibition Road, Kathmandu

Estd. 1954

public

+977-1-5359011

Comments