The London College Top Banner Ad

नेपाल खुला विश्वविद्यालय द्धारा भर्ना खुला, घरमै बसेर पनि अध्यन गर्न सकिने

Nepal Open University Admisson Open

नेपाल खुला विश्वविद्यालय  (Nepal Open University -NOU) केन्द्रीय कार्यालय मानभवन, ललितपुर द्धारा भर्ना आवेदन सम्बन्धी सूचना प्रकाशित:

यस विश्वविद्यालयका निम्न संकाय अर्न्तगतका तपशिल बमोजिमका कार्यक्रमहरुमा २०७५ हिउँदे सत्रका लागि सेमेष्टर प्रणाली अर्न्तगत प्रथम सेमेष्टरमा तपशिल बमोजिमका संख्याका लागि मिति २०७६ बैशाख मसान्त सम्म विश्वविद्यालयमा आईपुग्ने गरी भर्ना आवेदन आव्हान सम्बन्धी यो सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ । भर्ना आवेदनका लागि विश्वविद्यालयको वेवसाइट www.nou.edu.np मा रहेको Student Panel मार्फत Online भर्ना आवेदन फारम भर्नुपर्ने छ । 

  • यस विश्वविद्यालयका निम्न संकाय अर्न्तगतका तपशिल बमोजिमका कार्यक्रमहरुमा २०७५ हिउँदे सत्रका लागि सेमेष्टर प्रणाली अर्न्तगत प्रथम सेमेष्टरमा तपशिल बमोजिमका संख्याका लागि मिति २०७६ बैशाख मसान्त सम्म विश्वविद्यालयमा आईपुग्ने गरी भर्ना आवेदन आव्हान सम्बन्धी यो सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ ।
  • भर्ना आवेदनका लागि विश्वविद्यालयको वेवसाइट www.nou.edu.np मा रहेको Student Panel मार्फत Online भर्ना आवेदन फारम भर्नुपर्ने छ ।
  • आवेदन शुल्क रु.१०००- (एक हजार) नेपाल खुला विश्वविद्यालयको नाममा रहेको ग्लोबलआईएमई बैंक लिमिटेड, कीर्तिपुर शाखा स्थीत चल्ती खाता नं. ०५०१०१००००५०२ मा जम्मा गरी सो बैंक भौचर Scan गरी आवेदन साथ Upload गर्नुपर्नेछ ।
  • आवेदकले आवेदन साथ सम्बन्धित शैक्षिक तह र कार्यक्रमका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र र ट्रन्सक्रिप्टको Scan कपी Upload गर्नुपर्ने छ ।
  • प्रवेश परीक्षाको मिति २०७६ जेष्ठ ११ गते, शनिबार, विहान ११:०० बजे प्रवेश परीक्षा केन्द्रहरु: इटहरी, ललितपुर, पोखरा, सुर्खेत र धनगढी
  • प्रवेश परीक्षा पाठक्रम विश्वद्यालयको Website को सम्बन्धित संकायका Menu मा पछि प्रकाशन गरिने छ ।
  • आवेदक सम्वन्धित विषयसँग सम्बन्धित कम्युटरको आधारभुत सिप तथा ज्ञान प्राप्त गरेको हनुपर्नेछ । 
    (१) सामाजिकशास्त्र तथा शिक्षा संकाय

() सामाजिकशास्त्र तथा शिक्षा सङ्काय: . वर्षे कार्यक्रम

१) M.Phil in Education Studies २) M.Phil in English Education

३) M.Phil in Nepali Education ४) M.Phil in Political Science 

() भर्नाको लागि चाहिने न्यूनतम योग्यता

१) सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो सरह दोस्रो श्रेणीमा उतिर्ण वा CGPA २.७ प्राप्त गरेको हुनुपर्नेछ । 

२) M.Phil in English Education को लागि MA in English, MPhil in Nepali Education को लागि MA in Nepali र MPhil in Education Studies को लागि अन्य विषयहरुमा स्नात्तोत्तर तह वा सो सरह गरेको ईच्छुक व्यक्तिहरुले पनि आवेदन दिन पाउनेछन्‌ रती

आवेदकहरुले ३ क्रेडिटको Foundation of Education कोर्स अध्ययन गर्नुपर्नेछ । 

(ग) सिट संख्याः प्रत्येक विषयमा ५०/५० जना 

() विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय:

१) MPhil in ICT १.५ बर्षे (सेमेष्टर) कार्यक्रम

न्यूनतम योग्यता: सम्बन्धित विषयमा Information Technology (IT) वा Information and Communication Technology (ICT), Computer Application स्नातकोत्तर तह वा सो सरह दोश्रो श्रेणीमा उत्तीर्ण वा CGPA २.७ प्राप्त गरेको । 

) Master in e-Governance: वर्षे (सेमेष्टर) कार्यक्रम

न्यूनतम योग्यताः कुनै पनि विषय लिइ स्नातक तह दोश्चो श्रेणीमा उत्तीर्ण वा CGPA २.४ प्राप्त, तर स्नातक तहमा (1) विषय नभएको हकमा कम्तिमा २ वर्षको सूचना प्रविधि तथा कम्युटर सम्बन्धी ज्ञान तथा सिप सम्वन्धि कार्य अनुभव प्राप्त । 

) Master in Geoinformatics: वर्षे (सेमेष्टर) कार्यक्रम

न्यूनतम योग्यता: कुनै पनि विषय लिइ स्नातक तह दोश्रो श्रेणीमा उत्तीर्ण वा CGPA २.४ प्राप्त तथा कम्युटर सम्बन्धी आधारभुत ज्ञान तथा सिप कार्य अनुभव प्राप्त । 

) सिट संख्याः प्रत्येक विषयमा ५०/५० जना

(प्रथम पटक सूचना प्रकाशन मिति: २o७५।१२।३o गते) 

Nepal Open University

Man Bhaban, Lalitpur

Estd. 2016

public

+977-1-5008047

Comments