The London College Top Banner Ad

शिक्षित तथा जागिरे महिला घरेलु हिंसाबाट पीडित

Educated Women suffer from domestic Voilence

शिक्षित तथा जागिरे महिला घरेलु हिंसाबाट पीडित

अहिलेको एक्काइसौं शताब्दीमा पनि  साँच्चिकै शिक्षित तथा जागिरे महिला पनि घरेलु हिंसामा परिरहेका होलान् त ? यो सुन्दा हामीलाई अचम्म लाग्न सक्छ तर हामीले दिनहुँ धेरै समचार तथा पत्र-पत्रिकाहरुमा महिला हिंसाको बारेमा सुनेका र पढेका पनि छौं ।त्यसमा पनि साना बालबालिका देखि किशोरी एकल महिला हरु बढी पीडित भएको समचार  सुनेका  र पढेका पनि छौं।  हाम्रो नेपालको जस्तो पितृसतात्मक सोच भएको समाज तथा राज्यमा शिक्षित तथा जागिरे महिलाहरु घरेलु  हिंसाबाट पीडित भएको भन्दा अचम्म  नहुन सक्छ। नेपालमा उच्च पदमा जागिर गर्ने महिलाहरु पनि घरेलु हिंसाबाट पीडित हुनुभएको देखिन्छ।

धेरै शिक्षित वर्गको महिलाहरूमा विवाह गर्नेदेखि लिएर धेरै समस्या भएको पाउन सकिन्छ। अहिले जति बदलिदो समय तथा परिस्थिति भएतापनि शिक्षित वर्गहरु उत्तिकै तडकभडक र दाइजो  प्रथाको राम्ररी प्रसय गरिरहेका छन् ।

आफ्नो  राय  लेखमार्फत प्रस्तुत गर्दैगर्दा म एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु; एकजना महिलाले  26 वर्षको उमेरमा बिहे गर्नुभयो। हाल उहाँ राज्यको उच्च सरकारी ओहदामा नेपालको राजधानी काठमाडौँ कार्यालयमा कार्यरत कर्मचारी हुनुहुन्छ। उहाँको श्रीमान एउटा निजी कार्यालय चलाएर बस्नुभएको छ। उहाँलाई सधै घरबाट दाईजो कम भएको गुनासो आउने गर्दछ। तिम्रो बुवाले कम दाइजो दियो भनेर कहिलेकाहीँ घरबाट मानसिक तनाव दिने गरेको छ। उहाँ यतिधेरै सक्षम हुनुहुन्छ कि उहाँको तलवबाट नै सम्पूर्ण घरपरिवार राम्रोसँग पाल्न सक्ने स्थितिछ। हरेक कार्यालयको कर्मचारीहरुसँग बैठक र भेटघाट तथा छलफल हुँदा  शंका गर्ने गरेको पाइन्छ। अलिकति मात्र घरमा ढिलो आउँदा पनि  परिवारहरुले मानसिक यातना दिने गरेको छ। अफिसबाट आउँदा   जामका कारण घरमा पुग्न  अबेर भयो भनेपनि  झगडा गर्ने गरेको छ।

त्यस्तै तराई मुलुकमा  व्यापकरुपमा महिला  दिदिबहिनी हरु सँग उच्चपदस्त कर्मचारीहरूको बिहे गर्ने बहानामा दाइजो माग्ने गरेको पाइन्छ। समाजमा दाईजो, बाँझोपन, गर्भपतन कारणले दिनहुँ महिलाहरुले जिउँदै ज्यान फाल्नुपर्ने अवस्था देखिएको छ।  यसरी समाजमा विभिन्न किसिमका सामाजिक कुरीतिका कारण चरम मानसिक यातना महिलाहरुले भोगिरहेको घटना भने नयाँ र नौला होइनन्।

जहाँ उच्च पदमा जागिर गरिरहेका   हरूको घरको  चेलीबेटी भएको भएपनि बिहेमा धेरै खर्च गर्ने त्यस्तै पढेको जागिरे केटा खोजेर बिहे गर्दा पनि धेरैजसो दिनुपर्ने भनेर त्यहाँ उच्च पदमा कार्यरत मानिसहरूले आफ्ना छोराछोरीलाई र श्रीमतीलाई छोरी पाएका कारण मानसिक यातना दिएको गर्नेहरु सुनेका छौं।

एउटा विवाह गर्दा  जहाज चार्टर गरेर लिएर जाने र छोरी को बुवाले  विवाहको लागिखर्च गर्न  नसके छोरीले आफ्नो शरीरको बलिदान दिनुपर्ने अवस्था विद्यमान नै छ।

त्यसैगरी नेपालको सुदूरपश्चिम क्षेत्रमा महिलाहरु माथि गरिदै आएको छाउपडी प्रथाका कारण धेरै दिदीबहिनीहरुले ज्यान गुमाएको समाचार सुन्दै आएका छौं।

यहाँ, म अर्को उदाहरण दिन चाहन्छु। एकजना सुदुरपश्चिमको ब्राह्मण परिवारमा जन्मिएकी  चेलीबेटी 13 वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा छाउपडी प्रथाको सिकार हुनु परेको थियो। उनका बुवा नजिकैको सामुदायिक विद्यालयका शिक्षक थिए । हजुरबुवा पनि पञ्चायतकालको प्रधानपञ्च हुनुहुन्थ्यो। तर पनि उनको घरमा महिलाहरु माथि एक प्रकारको मानसिक पीडा थियो।

उनका अनुसार उनी महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने, कसैलाई छुन तथा देख्न नहुने, विद्यालय जानुहुने। उनको आमा पनि विद्यालयको शिक्षक हुनुहुन्थ्यो तर पनि उहाँ आफै धेरै सामाजिक अन्धविश्वास कारणले पीडित हुनु भएको थियो। समाज घरपरिवार अनुसार अन्धविश्वास र कुरीतिले  जडिएको समाजलाई उनको बुवा तथा आमा पेसाले शिक्षक भएतापनि समाजमा सुधार गर्न निकै जटिलता थपिएको थियो। त्यसैले उनको आमा पनि यो महिला हिंसा सहन प्राचीन समयदेखि नै बाध्य हुनुभएको छ भने उनी पनि सिकार हुँदै आएकी  छिन्।

त्यसैले, समय परिवर्तन, भयो सङ्सार परिवर्तन भयो, प्रविधिले  कहाँ बाट कहाँ पुरायो तर पनि धेरै दिदीबहिनी, महिला वर्ग शिक्षित तथा जागिरे जीवन मा बेस्त भएता पनि अझै यस्ता मानसिक यातना बाट पिडित हुनुहुन्छ।

हाम्रो देशको सन्दर्भमा यस्ता महिला हिंसा हरु अझै पनि अन्त्य हुन सकेका छैनन्।हाम्रो परम्परागत समाजमा महिलाहरुले यस्ता धेरै घरेलु हिंसाबाट पीडित हुनु परेको अवस्था छ। अन्धविश्वास तथा पुरातनवादी सोचका कारणले महिला विवाह गरेर गएको, घर छोडेर एक्लै बस्नु परेमा  समाजले हेर्ने नराम्रो दृष्टिकोणको कारण जस्तोसुकै अवस्थामा पनि महिलाहरु हिंसा सहेर बस्न बाध्य छन्।

जबसम्म समाजमा पुरातनबादी परम्परा र सोचको परिवर्तन गर्न सकिँदैन। तबसम्म आधा जनसंख्या भन्दा बढी  भएको हाम्रो मुलुकमा अझै महिला हिंसाको अन्त्य गर्न असम्भव जस्तै देखिन्छ ।आफु र आफ्नो समाजको दृष्टिकोणमा महिलालाई हेर्ने सोच र नजर परिवर्तन जबसम्म हुँदैन। तबसम्म यो महिला हिंसाको अन्त्य हुन लगभग कठिन छ। त्यसैले शिक्षित तथा जागिरे ,सक्षम महिलाले पनि आफ्नो पिडा आफुमा भएको हिंसाको आवाज उठाउन अवश्य नै जरुरी छ। तब मात्र महिला हिंसाको अन्त्य गर्न सकिनेछ। नारी भएर नारीले नै एक अर्काको सम्मान गर्न जरुरी पनि छ। सोच बदलौ एकले अर्कालाई सम्मान गरौ ।शिक्षित महिलाबाट नै घरेलु हिंसाको अन्त्यका लागि सहि कदम   बढाऔं ।

यस्तो महिला हिंसाको अन्त्य गर्न आफू र आफ्नो घर ,परिवार,  छिमेकी, टोल ,समाज बाट सुरु गरौ। हामीले हरेक महिला हरुलाई विभिन्न प्रकारका  जनचेतनामूलक कार्यक्रमहरुमा छलफल गर्नु जरुरी छ। महिला  आरक्षण, महिला समानता लैंगिक  बिभेदको अन्त्यकालागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरेका छौं। समयसमयमा देशमा हुने राजनीतिक परिवर्तनका लागि चर्को भाषण गर्दै महिला हिंसाको अन्त्यका लागि विभिन्न कुरा गर्छौं तर यो  निश्चित वर्गको फाइदाको लागि मात्र सीमित भएको देखिन्छ। कार्यसम्पादन र व्यवहारमा कुनै परिवर्तन भएको छैन ।यसको लागि हरेक उच्च तह र तप्कामा बस्ने विभिन्न महिला दिदीबहिनी हरु यसको अन्त्यका लागि आफ्नो आवाज बुलन्द गर्न जरुरी छ।

हाम्रो समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन आजको समयमा अति आवश्यक रहेको छ। हामीजस्ता सम्पूर्ण सचेत आम नेपाली महिला तथा सम्पूर्ण चेतनशील वर्गहरु बाट महिलामाथि हुने विभिन्न प्रकारका विभेद हरूको अन्त्यका लागि एकजुट भई सधै  भरीका लागि महिला हिंसाको अन्त्य गर्नु जरुरी रहेको छ ।

लेखकः संगिता सापकोटा (एम.फिल. स्कलर्स)
              नेपाल खुला विश्वविद्यालय

Comments