जङ्गबहादुर राणाबाट शिक्षामा भएको प्रयाश :
- दरवार स्कूलको स्थापना जङ्गबहादुर राणाबाट सुरेन्द्र विक्रम शाहको राज्य कालमा - वि.सं. १९१० असोज २७ गते
- दरवार स्कुलको पहिलो सुपरिवेक्षक 1४ २055 र पहिलो प्रधानाध्यापक (1853 October)
- वि.सं. १९१४ मा धनकटामा -शास्त्र विधान गृह (पुस्तकालय) स्थापना
- वि.सं. १९१५ (सन् १८५८)शिक्षा विभागको डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रम्सनमा जङ्गबहादुरले आफना ठाँइला छोरा -जनरल बबरजङ्गलाई नियुक्त गरे ।उनी नै पहिलो शिक्षा डाइरेक्टर
- विदेशीसँगको पत्राचारको रेखदेख गर्न उर्दू, अरबी, अङ्ग्रेजी र बङ्गाली भाषा जान्ने - मुस्ताफिर ख्वाजालाई जङ्गबहादुरले वि.सं. १९२७ मा मुन्सिखानामा नियुक्त वि.सं. १९२७ मा नारायणहिटी संस्कृत पाठशालाको स्थापना ४ जना गुरु र ५७ जना विद्यार्थी रहेका थिए
- वि.सं. १९३१ (सन् १०५७४),जङ्गबहादुरका साहिंला छोरा जीतजङ्गले आर्यघाटदेखि दक्षिण राजराजेश्वरी घाटमा संस्कृतको पठनपाठन शुरु (केही ब्राह्मण र बटुक जम्मा गरी आफनो निजी खर्चमा) त्यहाँ पढाउन विष्णुहरि शर्मालाई नियुक्त
- १९३२ मा धीर शमशेर शिक्षा विभागको डाइरेक्टरमा नियुक्त
- वि.सं. १९३२ कक्षा ८ सम्म मात्र सञ्चालनमा रहेको दरवार स्कुल हाइ स्कूलमा परिणत भइ कक्षा १० भएको
- १९३२ मा डाइरेक्टर धीर शमशेरको पालामा दरवार स्कलमा भाइ भारादार र मन परेका जर्नेलका छोरालाईप्रवेशमा खुक्लो गरिएको
- वि.सं. १९३२ मा धीर शमशेर शिक्षाको डाइरेक्टर भए पछि दरबार स्कूलको सम्बन्धन कलकत्ता विश्व विद्यालयसँग भएको
- वि.सं. १९३२ मा भोजपुर जिल्लाको दिङ्गलामा (कैलास डाँडामा) बाल गुरु श्री षडानन्द अधिकारीबाट संस्कृत पाठशालाको स्थापना
रणोद्दीप सिंहको समयमा भएको शिक्षाको विकास
- वि.सं. १९३४ (सन् १८७७) धीर शमशेरले प्रधानमन्त्री समक्ष रानीपोखरी संस्कृत पाठशाला खोल्ने विन्ती चढाएका र त्यसपछि स्वीकृति भएको
- दरवार स्कुललाई रानीपोखरीको उत्तरपर्टाट दरवारभित्र सानो चोकमा राख्ने काम धीर शमशेरले गरेका त्यति बेला यो स्कुल ८ कक्षा सम्मको थियो
- वि.सं १९३४ मा केदार नाथ चटोपाध्याय दरवार हाइस्कुलको पहिलो वङ्गाली हेडमास्टरमा नियुक्त
- १९३५ मा क्या. गरुढधज राना नेपालीहरूमध्येबाट पहिलो दरबार हाइस्कुलमा अङ्ग्रेजी पढाउन नियुक्त
- वि.सं. १९३८ मा जनरल केदार नरसिंह शिक्षा डाइरेक्टरमा नियुक्त
- वि.सं. १९४१ वैशाख - १ धीर शमशेरले गुठी राखी रानीपोखरी संस्कृत पाकशालाको स्थापनाका लागि गुठीको बन्दोबस्त र ५४ जना बटुकहरूका लागि सङ्कल्प समेत गरेका थिए । तर उनको मृत्यु भएका कारण सम्भव भएन
- रानीपोखरी संस्कृत पाठशाला पण्डित लोकराज पाण्डेको दलानबाट प्रधानमन्त्री रणोदीप सिंहले आफनो दरवार नजिक रानी पोखरीको उत्तरपट्टिको टहरामा र केही समयपछि रणमुक्तेश्वरको सत्तलमा सार्न लगाएका
- वि.सं. १९४१ मा नेपालमा पञ्चाङ्ग छापिन थालेको
वीर शमशेरको समयमा भएको शिक्षाको विकास
- वि.सं १९४२ प्रधानमन्त्रीमा वीर शमशेर नियुक्त भएपछि दरवार स्कुलमा उनको पालाबाट सर्वसाधारण जनताका छोराछोरीलाईप्रवेश दिइयो ।
- वीर शमशेरले प्रधानमर्न्त्रा हुने वित्तिकै शिक्षाको स्वरूपमा बहस चलाएका
- १९४२ मा खडग शमशेर शिक्षा विभागको Director मा नियुक्त
- वि.सं. १९४४ मा कमाण्डिङ जनरल चन्द्रशमशेर शिक्षा विभागको डाइरेक्टरमा नियुक्त
- नेपाललाई प्राविधिक शिक्षाको खाँचो छ भन्ने प्रधानमन्त्री वीर शमशेर
- राणाहरू मध्ये छात्रबृत्तिको शुरुआत गर्ने राणा वीर शमशेर नै पहिलो थिए । जापानमा आफनो छोरो गेहेन्द्र शमशेर लगायतलाई पूर्ण छात्रबृत्ति दिएर जापानमा कृषि, इन्जिनियरिङ पढ्न पठाएका थिए
- वि.सं.१९४५ मा प्रधानमन्त्री वीर शमशेरले गोत्र हत्याको पापमोचनको लागि तिन धारा गुठीको आयस्ताबाट दरबार स्कूलका विद्यार्थीलाई खाजा खुवाउने व्यवस्था
- विसं १९४३ देखि रानीपोखरी संस्कृत पाकशाला (तिनधारा संस्कृत पाठशाला)मा आफना बाबु धीर शमशेरको सङ्कल्प बमोजिम जम्मा १०८ जनाका लागि रानी पोखरी पाठशालामा नित्य भोजनको व्यवस्था
- वि सं १९४३ साल अश्विन २१ गतेबाट कलकत्ताका बटेकृष्ण मैत्रैयलाई असिष्टेण्ट हेडमास्टर बनाइ रु. २४६०/दिने ब्यबस्था
- वि.सं.१९४५ भारतबाट आएकी गंगावाई नामकी महिलाको नेतृत्वमा महिला शिक्षाको शुरुआत उनकै पालमा भएको
- १९४५ तिर, तिनधारा पाठशालाको भवन निर्माण गरिएको,दरवार स्कुल सेतो दरवारमा सरेको थियो
- वि.सं. १९४८ मा (१८३१) वीर शमशेरको पालामा दरवार स्कुलको स्थायी भवन खडा भएपछि माथिल्लो तलामा दरवार स्कुल र तल्लो खण्डमा रानी पोखरी पाठशाला चलाउने गरी रणमुक्तेश्वरबाट स्थानान्तरण गरिएको । स्थापनाको ३८ वर्षपछि दरवार स्कुल आफनो भवनमा सस्यो
- वि.सं. २०३५ बाट दरवार स्कुललाईभानु मा.वि. नामाकरण गरिएको
- रानीपोखरी पाठशालाको सम्बन्ध बनारस स्थित वाणारसी संस्कृत विश्वविद्यालयसँग थियो। यो सम्बन्ध १९४५ मा गाँसिएको
- वि.सं. १९५० मा पाल्पाको लहरे पीपलमा र कास्की पोखराको विन्ध्यावासिनीमा वीर शमशेरले पाठशाला खोल्न लगाएका
- वि.सं. १९५२ मा स्कुल गोश्वाराको स्थापना भएको
- वि.सं. १९५४ मा रेञ्जर कोर्ष पढ्न छात्रवृत्ति पाउने नेपाली वासुदेव उप्रेती हुन् । यो व्यबस्था पनि वीर शमशेरले गरेका
- वि.सं. १९५५ तिर रानीपोखरी संस्कृत पाठशालामा मध्यममा सम्मको पढाइ हुन्थ्यो भने परीक्षा दिन बनारस जानुपर्थ्यो
- वि.सं.१९५६ बनारस संस्कृत पढ्न जान मासिक रु. ५।- छात्रवृत्तिको रकमको व्यवस्था
- वि.सं. १९५७ मा वीर पुस्तकालयको स्थापना (पहिला हनुमानढोकामा पं. केदारनाथको जिम्मामा पुस्तक थिए) यो नेपालको पहिलो पुस्तकालय
- वि.सं. १९५७ मा सुनधारामा मेडिकल स्कूलको स्थापना
देव शमशेरको समयमा भएको शिक्षा विकास
- देब शमशेरका पालामा १९५७/५८ मा स्थापित भाषा पाठशालाहरू नेपाली भाषाको माध्यमबाट मुलुकका विभिन्न भागमा प्राथमिक शिक्षा दिने परिपाटी थालनी भएको थियो । र यसका लागि पाठ्यपुस्तकको व्यबस्था पनि गरियो
- देब शमशेरका पालामा दरबार स्क्ललाई सर्वसाधारणका लागि खुला
- दरवार स्कूलका छात्रहरूलाई छात्रबृत्तिको व्यबस्था : विद्यार्थीलाइ वर्षको ९ मुरी धान र महिनाको ५ रु भत्ता तथा फागु खेल्न ५० पैसा र दिउँसोको खाजा खान खर्च समेत दिने ब्यबस्था गरेका थिए
- भारतको बरोदाको शिक्षाबाट प्रभावित भएका देव शमशेरले सर्वव्यपी प्राथमिक शिक्षा ब्यापक बनाउने घोषणा गरेका
- देशशमशेरको शिक्षा अभियान सफल बनाउन जय पृथ्वी बहादुर सिंहले अक्षाराङक शिक्षा नामक पहिलो नेपाली पाठ्यपुस्तक तयार गरेका थिए । यो नेपाली भाषामा लेखिएको पहिलो पुस्तक हो
- त्यसबेला काठमाण्डौ उपत्याकामा मात्र ५० र बाहिर करीव १०० विद्यालयहरू खुले तर उनी भन्दा अघि खुलेका सहित उनको समयमा जम्मा १५७ ओटा भाषा पाठशाला रहेका
- उनले नेपालमा करीव ३०० पाठशाला खोल्ने योजना बनाएका
- देवशमशेरका पालामा १९५८ बैसाख २४ गते गोरखापत्रको प्रकाशन शुरु
-
१९५८ साल बैसाख ३० गते काठमाण्डौ, भादगाँउ र पाटनमा कन्या पाठशाला देवशमशेरले खुलाएका थिए । चन्द्र शमशेर प्रधानमन्त्री भए पछि बन्द गराए देवशमशेरले ठाँउ /ठाँउमा भाषा पाठशाला खोल्नका लागि रु ३,००,०००, छुट्याएका
-
देवशमशेरको पालामा दरवार स्क्लको उच्च कक्षामा नेपाली भाषा पाठ्यक्रम समावेश
- जयपृथ्वीवहादुर सिंहले वि.सं. १९५१ (सन् १८९४) मा कलकता विश्वविद्यालयबाट Entrance पास गरेका
- रणोद्धिप सिंह प्र.म. हुँदा शिक्षा डाइरेक्टर धीर शमशेर
- दुनियाँका छोराले पढ्न पाठशाला चाहिन्छ -रणोद्धिप सिंह
- अरूका क्रा छाडिदेक, आफना छोराछोरीलाई अङ्ग्रेजी पढाउ भन्ने राणा प्र.म. जङ्गबहादुर
- रानीपोखरी पाठशालाको विद्यार्थीहरू गुरुको सिफारिस लिएर भारतको बनारस स्थित राजकीय संस्कृत, विद्यालय, हालको सम्पूर्णानन्द विश्वविद्यालय मा वि.सं. १९४८ (सन् १५९१) बाट परीक्षा दिन जान थालेका
- रानीपोखरी पाठशाला पूर्ण सरकारी रूपमा सञ्चालन भएपछि यसको नाम -राजकीय संस्कृत प्रधान पाठशाला रहेको
- रानीपोखरी पाठशालाको स्थायी भवन वि.सं. १९४८ मा वीर शमशेरले बनाएका
- राणाहरूमा प्रवेशिका Pass गर्नेहरूले दोसल्लाको पुरस्कार पाउँथे
- पहिलो Entrance Pass गर्ने राणा परिवारको व्यक्ति चन्द्रशमशेर
- प्रथम श्रेणीमा Entrance Pass गर्ने पहिलो व्यक्ति वासुदेव उप्रेती (१९५८)
- पहिलो Entrance Pass गर्ने सर्वसाधारण नेपालीका छोरा वीरजङ्ग विष्ट
- दरवार स्कूलको अन्तिम परीक्षालाई कलकत्ता वि.वि मा Entrace भनिन्थ्यो
- दरवार स्कुलको सम्बन्ध कलकत्ता विश्वविद्यालयसँग हुँदा स्कुलमा शनिबार आधा र आइतबार पूरै दिन विदा हुन्थ्यो
- दरवार स्क्लमा इतिहास र भूगोल पढाउन निषेध
- दरवार स्कुलमा कक्षा ५ भन्दा मुनि मौखिक र सो भन्दा माथि लिखित परीक्षाको व्यवस्था
- श्रुमा दरवार स्कलको परीक्षा र पढाइको माध्यम अङ्ग्रेजी भाषा
- वि.सं.१९५८ मा कमाण्डर इनचिफ भीमशमशेर शिक्षा विभागको डाइरेक्टरमा नियुक्त
- जयपृथ्वीबहादुर सिंहले वि.सं १९६३ सालमा नक्सालमा आफ्नो दरबार भित्र सत्यबादी नामको एउटा प्राथमिक पाठशाला खोलेका थिए। यो पाठशाला विसं १९७० मा नक्सालबाट बझाङको आफनो दरबारमा सारेका थिए ।१९९५ सालमा मात्र यो विद्यालयले स्वीकृति पाएको थियो ।२००७ सालसम्म कक्षा ७ सम्म र २००६ साल पौष ८ गते देखि हाइस्कूल भएको
- वि सं १९५८ मा उनी अपदस्त भएपछि बाँकी रहेको रकमले बनारसको व्रहम घाटमा विद्यालय सञ्चालनमा ल्याउन खोज्दा त्यसको ब्यबस्थापन गर्न चन्द्र शमशेरको डरले कोही पनि तयार नभएकाले पछि बेलायतको अनाथालयमा बाँकी पैसा दान दिइएको
- देव शमशेरले ५० जना विद्यार्थी जम्मा गर्ने र ती विद्यार्थी बस्ने ठाउँको व्यवस्था गर्न सक्ने प्रत्येक गाउँमा एक जनाको दरबन्दी र पाठशाला खोल्ने स्वीकृति दिने व्यवस्था गरे ।विद्यालय खोल्ने जिम्मेवारी पं दिब्यदेव पन्तलाई दिएको
- देवशमशेरले भाषा पाठशालाका विद्यार्थीलाई निःशुल्क पढाउन सिलोट र अक्षराङ्क शिक्षा नामक पुस्तक वितरण गरेका
- नेपालीमा लेखिएको पहिलो पुस्तक अक्षराङ्क शिक्षा हो
- अक्षराङक शिक्षामा पं. नरदेव मोतिकृष्ण शर्माद्वारा पशुपत प्रेसमा छापिएको थियो । यसको पाण्डुलिपी राष्ट्रिय पुस्तकालय हरिहर भवनमा छ
चन्द्र शमशेरको समयमा भएका शिक्षा विकास:
- १९५८ असोज १२ गते चन्द्र शमशेरले उपत्यका भित्र २० ओटा स्कूल खोलेका
- वि.सं १९५९ मा स्वीकृत भइ वि.सं १९६० कार्तिकमा केटाकेटी पढाउने किताब तर्जुमा अड्डाको स्थापना
- वि.सं. १९६२ मा (१९०५) मा अड्डामा लेखापढी गर्ने, हिसाब किताब राख्ने, लेखन्दास, श्रेस्तेदार वहीदार आदि तयार पार्ने हेतुले श्रेस्ता पाठशाला खुलेको
- १९६२ मा त्रिचन्द्र भारती भवन सिलगढी (डोटी) मा खुलेको
- १९६३ मा जयपृथ्वीबहादुर सिंहले काठमाडौंको नक्सालमा सत्यवादी पाठशालाको स्थापना (प्राथमिक तहको) सन् (१९०७मा)
- वि.सं. १९६६ मा जनकपुरको ज्ञानकपमा संस्कृत पाठशाला स्थापना भएको
- रिडी संस्कृत पाठशाला वि.सं.१९६६ (राजा पृथ्वी वीर विक्रमको पालामा)
- वि.सं. १९६७ कार्तिक मा पास जाँच अडडा स्थापना (यसलाई २०१८ असार ३१ मा परीक्षा नियन्त्रण कार्यालयमा परिणत)
- पास जाँच अडडाको पहिलो हाकिम -पण्डित लोकराज
- श्रेस्ता पाठशालाको पहिलो सुपरिवेक्षक - पण्डित हेमराज पाण्डे
- श्रेस्ता पाठशालामा लेख र अङ्क गणित २ विषय पास गरेकालाई २ पासे भनिन्थ्यो । लेख, श्रेस्ता, हिसाब र औंठा पास गरेकालाई ४ पास भनिन्थ्यो
- वि.सं. १९६८ (१९११) प्रयाग विश्वविद्यालयको म्याट्टीकुलेशन परीक्षामा नेपाली भाषाको माध्यमबाट परीक्षा दिन पाइने व्यवस्था चन्द्र शमशेरले चिठी लेखेर गरेका
- वि.सं. १९६९ मा गोरखा भाषा प्रकाशिनी समिति - चन्द्रशमशेरले खडग निशान लगाएपछि खुलेको
- १९७० फागनु २ मा गोरखा भाषा प्रकाशिनी समिति नक्शालको नन्दीकेशर बहालमा खुल्यो
- १९७२ मा पाशुपत प्रेसबाट पहिलो पुस्तक गोरखा शिक्षा पहिलो भाग, १९७३ दोश्रो र १९७४ मा तेश्रो भाग प्रकाशित भएको
- वि.सं. १९७० मा काठमाडौं नक्सालमा खोलिएको सत्यवादी पाठशाला बभझाङमा सारिएको (पहिलो प्र.अ. जयपृथ्वीबहादुर सिंहका भाइ अमर बहादुर सिंह)
-
सत्यवादी पाठशालाले वि.सं. १९९५ मा जुद्ध शमशेरको समयमा (स्थापनाको ३२ वर्षपछि) सरकारी मान्यता पायो
- सत्यवादी पाठशाला वि.सं. २००७ सालसम्म कक्षा ७ सम्म र २००८ देखि।॥01 $01001सञ्चालन भएको
- जयपृथ्वीबहादुर सिंहले अक्षराङक शिक्षाका अतिरिक्त बालबोध श्रेस्ता बोध, भूगोल विद्या आदि लेखेका
- सबैले इलाम सिकी विद्या पढी, जान्नेलाईअरूलाई हाँकि 'होस्टे' भन्ने हुनुपर्छ भन्ने जयपृथ्वीबहादुर सिंह
- अस्पताल, स्कुल घर बनाउनु पनि स्कुल बनाउनु जस्तै हो भन्ने भनाइ पनि जयपृथ्वीबहादुर सिंहकै हुन्
- चन्द्र शमशेरले भाषा पाठशाला खोल्न बन्देज लगायो भन्ने आरोपबाट बच्न उपत्यकामा २५ र बाहिर १५ भाषा पाठशाला खोलेका
- १९७२ मा उपत्यका बाहिरको पहिलो अङ्ग्रेजी स्कुल चन्द्रमिडिल स्कल स्थापना
- सिराहामा स्वामी दामोदरानन्दको पहलमा रेलमा भारत जाने यात्रीहरूलाई टिकटमा लेखिएको अङ्ग्रेजी टिकट बुझ्न नसकी ठगिने भएकाले सहज बनाउन खोलेको
- १९७५ भाद्र २७ त्रिभुवन चन्द्र कलेज स्थापना, शुरुमा आ.एको पढाइ भएको, सम्बन्धन – कलकत्ता विश्व विद्यालयसँग थियो
- Trichanda College मा १९७७ देखि विज्ञानमा Intermediate देखि वि.ए. को पढाइ, २००४ देखि वि.एससी सञ्चालन भएको
- Trichanda College मा सुरुमा ६ जना विद्यार्थी र ६ जना प्राध्यापक थिए
- Trichanda College का प्रथम Principal बटुकृष्ण मैत्रेय
- शिक्षा विभागको Director पदलाई Director General मा परिणत । वि.सं. १९७६ देखि गरिएको प्रथम Director General बहादुर शमशेर नियुक्त
- वि.सं. १९७६ मा चन्द्र शमशेरले भाषा पाठशाला, संस्कृत पाठशाला, श्रेस्ता पाठशाला र धार्मिक पाठशालाको निरीक्षण गर्न पाठशाला बन्दोबस्त इन्सपेक्टरी अफिस स्थापना गरे । पाठशाला बन्दोबस्त इन्सपेक्टरी अफिसको हाकिममा सुब्बा ज्वाला सिंह हमाललाई नियुक्त गरे
- वि.सं. १९७६ मा स्कूल गोस्वारा, कलेज स्कुल गोस्वारा मा परिणत
- वि.सं. १९७६ मा श्रेष्ता पाठशालाको पाठ्यक्रममा औंठा विषय थपी चार पासे बनाएको ।१९७८ दार्जिलिङमा मा.वि. तहमा नेपाली भाषाको पढाइ सुरु
- चारपासेलाई नेपाली र साहित्य थपेर वि.सं. १९८५ मा ६ पासे बनाइएको थियो
- वि.सं.१९८० देखिकलकत्ता विश्वविद्यालयबाट दरबार हाइस्कूलको सम्बन्ध पटना विश्वविद्यालयमा सरिएको थियो
- वि.सं. १९८० असारमा चन्द्रशमशेरले काठमाडौंको ढोकाटोलमा कन्या पाठशालाको स्थापना
- वि.सं. १९८० - त्रिभुवन चन्द्र कलेजको नाम त्रिचन्द्र कलेज बनाइएको
- वि.सं. १९८० - त्रिचन्द्र कलेजको सम्बन्धन कलकत्ता विश्विद्यालयबाट पटना विश्व विद्यालयमा सारिएको
- स्थापना कालमा त्रिचन्द्र कलेजको रेखदेख -शिक्षा विभागका डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्म्सनले गर्दथे
- १९८१ मा पाटन र भक्तपुरमा मिडिल स्कूलको स्थापना, १९८७ मा पाटनको मिडिल स्कूल हाइस्कूल भएको
- वि.सं १९८२ मा सरदार रुद्राराज पाण्डे दरवार स्कलको हेडमास्टर नियुक्त । दरवार स्कूलमा हेडमास्टर हुने उनी पहिलो नेपाली थिए (आफूले पढाएको विद्यार्थी प्र.अ. भएपछि विद्यालय मात्र होइन नेपालै छाडी भारत जाने व्यक्ति पूर्व हेडमास्टर शारदाप्रसाद मुखर्जी र इश्वरी दत्त रदटौरी)
- वि.सं. १९८४ मा अमर खाँ फौजदारको नेतृत्वमा चन्द्रमिडिल स्कुल बाराको भवानीपुरमा स्थापना
- वि.सं. १९८५ मा राजकीय आर्युवेद पाठशालाको स्वकृति भयो । वि.सं. १९८७ मा राजकीय आर्युवेद पाठशालाको स्थापना
- वि.सं. १९८६ मा मेजर जनरल मृगेन्द्र शमशेर शिक्षा विभागको डाइरेक्टर नियुक्त
- वि.सं. १९८६देखि दरवार स्क्लका परीक्षार्थीले परीक्षा दिन पटना विश्विद्यालयको परीक्षा केन्द्र काठमाडौंमा
- १९८६ मा श्रेस्ता पाठशालाको भवन स्थापना पाठशालामा भर्ना भइ पढ्ने विद्यार्थीलाई वार्षिक ३६ रु छात्रबृत्ति प्रदान
- श्रेस्ता पाठशालामा पढी जाँचमा पास हुने निजामती सेवाका लागि योग्य ठहरिएका उमेद्धारलाई बभझाङगी राजा जय पृथ्वी बहादुर सिंहले प्रमाणित गर्दथे
- वि.सं. १९८६ मा ४ पासेमा नेपाली र साहित्य विषय थपेर ६ पासे बनाइएको र जुद्ध शमशेरको पालामा ११ पास सम्म बनाइएको
शिक्षक सेवा आयोग तयारी सामाग्रीबाट साभार गरिएको