The London College Top Banner Ad

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) को सूचना

Notice of Nepal Academy of Science and Technology -NAST

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट), खुमलटार, ललितपुर, नेपाल

प्रज्ञा-प्रतिष्ठानले आगामी आर्थिक वर्ष २०७६/०७७ देखि विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी सरकारी, गैरसरकारी, प्राज्ञिक, शैक्षिक तथा व्यवसायिक संघ / संस्थाहरुसितको सहकार्यमा अनुसन्धानात्मक एवं प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न एकीकृत क्यालेण्डर तयार गरी हातेमालो गर्ने योजना रहेकोले सम्बन्धित इच्छुक संस्थाहरुले आ-आफनो संस्थाको प्रोफाइल र आगामी आर्थिक वर्षमा सहकार्यबाट सञ्चालन गर्न सकिने कार्यक्रमको विवरण सहित मिति २०७६ असार १९ गते भित्र यस प्रज्ञा-प्रतिष्ठानमा सूचीकृतका लागि आव्हान गरिन्छ ।

थप जानकारीका लागि प्रवर्द्धन तथा प्रचार महाशाखा, नास्ट, फोन: १-५४७७१७

 इमेल: info@nast.gov.np

Comments