TLC Banner

शैक्षिक प्रविधि शाखाको प्राविधिक धार सञ्चालन गर्ने सम्बन्धी सूचना

Information about conducting technical edge of educational technology branch
Information about conducting technical edge of educational technology branch

विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्ने नेपाल सरकारको नीति रहेबमोजिम शैक्षिक सत्र २०७६ देखि कक्षा ९ मा प्राविधिक तथा व्यावसायिक धार सञ्चालन गर्न अनुदान दिने सम्बन्धी केन्द्रीय निर्देशक समितिको मिति २०७६/०१/०२ को निर्णय अनुसार छनोट भएका स्थानीय तह र विद्यालयहरूको सूची सार्वजनिक गरिसकिएको छ । उक्त सूचीमा रहेका विद्यालयहरूलाई तपसिलका बुँदामा निम्नलिखित सर्तहरू पुरा गरी यथाशीघ्र पठनपाठन प्रक्रिया सुरू गर्न/गराउनु हुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

तपसिल:

क) अनुदान प्राप्त गर्ने विद्यालयले कक्षा सञ्चालन गर्ने अनुमति सम्बन्धित स्थानीय तहबाट लिइएको हुनुपर्ने,

ख) शैक्षिक सत्र २०७६ बाट नै कक्षा ९ देखि प्राविधिक तथा व्यावसायिक धारको कक्षा सञ्चालन गर्ने गरी विद्यार्थी मर्ना प्रक्रिया सुरू गर्ने । यसरी भर्ना गर्दा एउटा कक्षामा अधिकतम ४५ जना विद्यार्थीलाई मात्र समावेश गर्ने । अनुदान एक समूहका लागि मात्र उपलब्ध गराइने छ,

ग) सम्बन्धित विषयमा अध्यापन गराउन माध्यमिक शिक्षक तृतीय सरहको प्रशिक्षक एक जना र निम्न माध्यमिक शिक्षक तृतीय सरहको सहायक प्रशिक्षक एक जनाको नियुक्ति विद्यालय आफैँले गर्नुपर्ने छ ।

योग्यता:

  • प्रशिक्षकको हकमा सम्बन्धित विषयमा कम्तीमा स्नातक गरेको र
  • सहायक प्रशिक्षकको हकमा कम्तीमा एक, सम्बन्धित विषयमा डिप्लोमा (Diploma) वा सो सरह उत्तीर्ण गरेको ।

घ) अनुदान निम्नलिखित शीर्षकमा सम्बन्धित स्थानीय तहमा जाने भएकाले स्थानीय तहसँग समन्वय गर्ने

अनुदान उपलब्ध हुने शीर्षक

प्रशिक्षक अनुदान- मा.शि. तृतीय सरह

सहायक प्रशिक्षक अनुदान - नि.मा.वि. तृतीय सरह

ल्याब स्थापना अनुदान:

ङ) प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम पाठ्यक्रम विकास केन्द्रको Website: www.moecdc.gov.np मा र विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन निर्देशिका (दोस्रो संसोधन) २०६९, व्यावहारिक अभ्यास निर्देशिका २०७३, लगायतका अन्य सामग्री शिक्षा तथा मावनस्रोत विकास केन्द्रको Website: www.doe.gov.np मा हेर्न र डाउनलोड गर्न सकिनेछ । 

द्रष्टव्य: तोकिएको पूर्वाधार नपुगेको र पाठ्यक्रमले तोकेबमोजिम पठन पाठन सञ्चालन नभएको देखिएमा जुनसुकै समयमा अनुदान रोक्का गर्न सकिनेछ ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.