The London College Top Banner Ad

निबन्ध प्रतियोगिता सम्बन्धी सूचना

Notice for Essay Competition

डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति, लाजिम्पाटको

निबन्ध प्रतियोगिता सम्बन्धी सूचना

यस डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले “अनुसन्धानमा पुस्तकालयको भूमिका” विषयक निबन्ध प्रतियोगिताको आयोजना गर्न लागेको छ । उक्त निबन्ध प्रतियोगितामा ४० वर्ष ननाघेका र कम्तीमा स्नातक गरेका नेपाली नागरिकले मात्र भाग लिन पाउने छन्‌ ।

प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई प्रमाण पत्रसहित क्रमशः रू. २५ हजार, २० हजार र १५ हजार पुरस्कार दिइनेछ।

निबन्ध कम्तीमा २५००-३५०० शब्दसम्मको मौलिक नेपाली भाषामा हुनुपर्नेछ ।

निबन्ध यही २०७६ साल आषाढ ५ गतेभित्र डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालयमा आफ्नो छुट्टै व्यक्तिगत विवरणसहित पठाउनु पर्नेछ वा पुस्तकालयको ईमेल dkrmlibrary2003@gmail.com मा पनि पठाउन सकिने छ ।

अन्य विस्तृत जानकारीका लागि यस पुस्तकालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

सम्पर्क फोन: ४४१००२२, ४४०१६७४

Comments