TLC Banner

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाउने सम्बन्धी सूचना

Information about conducting technical edge of educational technology branch
Information about conducting technical edge of educational technology branch

शिक्षा विकास तथा समन्वय इकाइहरूलाई विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाउने सम्बन्धी सूचना:

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, पोषण शाखा, टेकु, काठमाडौँबाट सञ्चालित विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत २०७६ जेठको पहिलो हप्ता (१ देखि ७ सम्म) कक्षा १-१० सम्मका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई जुकाको औषधी वितरणसहित स्वास्थ्य तथा पोषण सम्बन्धी विभिन्न क्रियाकलापहरू सञ्चालन भइरहेको हुँदा देशका ७५३ ओटै पालिकाहरूमा विगतका वर्षहरूझँ चालु आर्थिक वर्ष २०७५/०७६ मा पनि परिवार कल्याण महाशाखाको प्रदेश र पालिकास्तर को कार्यक्रम सञ्चालन निर्देशिकामा उल्लेख गरिएअनुसार कार्यक्रम सञ्चालनका लागि आवश्यक समन्वय गरिदिनुहुन भनी लेखी आएकाले उपरोक्त अनुसार त्यहाँ इकाइहरूबाट आवश्यक समन्वय गरिदिनुहुन अनुरोध छ ।

द्रष्टव्य : गत फागुन र चैतमा 'एमडिए अभियान' कार्यक्रमअन्तर्गत जुकाको औषधी वितरण गरिएका जिल्लाहरूमा जुकाको औषधी खुवाउन्‌ नपर्ने ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.