TLC Banner

‘पोलिमर अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन–२०१९’ काठमाडौँमा हुने

polyme Conference
polyme Conference

पदार्थ विज्ञान र नानोटेक्नोलोजीबारे अन्तर्राष्ट्रिय अनुभव आदनप्रदान गर्ने उद्देश्यले ‘पोलिमर अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन–२०१९’ काठमाडौँमा आयोजना गरिने भएको छ ।

पोलिचार विश्व वैज्ञानिक सञ्जाल (प्रेसिडेन्ट प्रा जन मार्ग साइटर) को आयोजनामा पाँच दिनसम्म हुने सम्मेलनमा २३ देशका १५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘दिगो विकासका लागि पोलिमर’ भन्ने मूलनाराका साथ आइतबारदेखि शुरु हुने सम्मेलनमा नेपालका लागि मुख्य आयोजक संस्थामा नेपाल पोलिमर इन्ष्टिच्युट तथा त्रिभुवन विश्वविद्यालय ब्यववहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको संयुक्त आयोजना तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गैर आवासीय नेपाली सङ्घको सहकार्य रहेको छ ।

सम्मेलनमा बायोटेक्नोलोजी, नानोटेक्नोलोजिलगायत विषयमा १३० भन्दा कार्यपत्र प्रस्तुत हुने त्रिभुवन विश्वविद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका निर्देशक प्रोफेसर रामेश्वर अधिकारीले जानकारी दिनुभयो । पोलिमर पदार्थ विज्ञान सम्बन्धी वैज्ञानिकको विश्वव्यापी सञ्जाल हो । नेपालमा पोलिमारको अध्ययन अनुसन्धान तथा प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । यसअघि सन् २०११ मा पनि यस्तै सम्मेलन नेपालले आयोजना गरेको थियो । हरेकवर्ष विभिन्न मुलुकले सम्मेलन गर्दै आएका छन् ।

निर्देशक अधिकारीका अनुसार पदार्थ विज्ञान पोलिमर नेपालमा लत्ता कपडा, फोहर मैला व्यवस्थापनदेखि औषधिमुलोसँग जोडिएका विषय भएकाले यसबारे अध्ययन गर्ने र क्षमता अभिवृद्धि गर्न अभिमुखिकरण गर्न सम्मेलनले भूमिका खेल्नेछ । खासगरी जैविक प्रविधि, नानो प्रविधिलगायत नयाँ प्रविधिलाई विश्वमा जोड्नमा सहयोग पुग्ने विश्वास लिइएको छ । संसारमा क्रान्ति ल्याएको नानो टेक्नोलोजिबारे नेपालमा प्रभावकारी अनुसन्धान तथा जनशक्तिको अभाव रहेकाले त्यसलाई बढावा दिन उपयोगी हुने बताइएको छ ।

सम्मेलनमा नेपालका लागि नानोटेक्नोलोजी नामक विशेष सत्रको आयोजना गरिनेछ । नेपालका सबैजसो विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका बीचमा विस्तुत छलफल गरी नीति निर्माण र कार्यान्वयनको लागि सहयोगी हुने दस्तावेज तयार गर्ने लक्ष्य राखिएको छ । वन तथा कृषि पैदावारमा आधारित कस्मेटिक, फाइबरलगायत सौन्दर्य–प्रशाधन सम्बन्धी स–साना इन्टरप्राइज विकास, वातावरणीय प्रदूषण निराकरण, अत्याधुनिक औषधि विज्ञान तथा परम्परागत नानोप्रविधिको अन्वेषण, ऊर्जा तथा जैविक प्रविधिको क्षेत्रमा भएका सम्भावनाको उत्खननमा टेवा पुग्ने आयोजकको विश्वास छ ।- रासस

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.