The London College Top Banner Ad

निबन्ध प्रतियोगिता सम्बन्धी सूचना - पुरुस्कार राशी २५ हजार

Essay Writing Competition Notice Published

यस डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले “अनुसन्धानमा पुस्तकालयको भूमिका” विषयक निबन्ध प्रतियोगिताको आयोजना गर्न लागेको छ। उक्त निबन्ध प्रतियोगितामा ४० वर्ष ननाघेका र कम्तिमा स्नातक गरेका नेपाली नागरिकले मात्र भाग लिन पाउने छन्‌ । प्रथम, द्वितीय, तृतीय हुने प्रतियोगिलाई प्रमाणपत्र सहित क्रमशः २५ हजार, २० हजार र १५ हजार पुरस्कार दिईनेछ । निबन्ध कम्तिमा २५०० शब्द देखि ३५०० शब्द सम्मको मौलिक नेपाली भाषामा हुनुपर्नेछ ।

निबन्ध याह २०७६ साल आषाढ ५ गते भित्र डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालयमा आफूनो छुट्टै व्यक्तगत विवरण सहित पठाउनु पर्नेछ वा पुस्तकालयको ईमेल dkrmlibrary2003@gmail.com मा पनि पठाउन सकिनेछ । अन्य विस्तृत जानकारीका लागि यस पुस्तकालयमा सम्पर्क राख्नुहुन अनुरोध छ।

नेपाल सरकार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

डिल्लीरमण-क्ल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति

लाजिम्पाट, काठमाडौं, फोन नं. ४४१००२२, ४००१६७५

इमेलः dkrmlibrary2003@gmail.com

Comments