“सङ्गीत महोत्सव-२०७६' को सूचना
(प्रथम पटक प्रकाशित २०७६/०२/०७)
नेपाल सङ्वीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा २०७६ साल आषाढ महिनामा कैलालीको घनगढीमा आयोजना हुने “सङ्गीत महोत्सव-२०७६” को लागि सङ्गीत क्षेत्रमा कार्यरत संघ, संस्था तथा व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र रित पुन्याई यस प्रतिष्ठानको कार्यालयमा आइपुग्ने गरी आवेदन पेश गर्नुहुन सूचित गरिन्छ । तोकिएको समय अवधि पछि प्राप्त निवेदन उपर क्नै कारवाही गरिने छैन ।
गायन छनौट मापदण्ड
१. गायन एकल हुनुपर्नेछ ।
२. गायन आधुनिक विधाको हुनुपर्नेछ ।
३. एक जनाले एक मात्र प्रस्तुति दिन सक्नेछन् ।
४. चेतनामुलक तथा सन्देश मुलक गीतहरुलाई प्राथमिकता दिइनेछ ।
५. सम्भव भएसम्म प्रत्येक प्रदेशबाट एक जना प्रतिनिधि सहभागि गराइने छ।
आवश्यक कागजातहरू
१. सहभागी हुन चाहने संस्थाको हकमा संस्था दर्ता र नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि तथा व्यक्तको हकमा व्यक्तिगत विबरण र परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।
२. प्रस्तुत हुने गीतको शब्द तथा लय ।
३. सम्पर्क ठेगाना, सम्पर्क नम्बर र ईमेल ठेगाना ।
नोट:- प्रस्तुति प्रत्यक्ष (Live) हुनु पर्ने छ र वाद्यवादकको व्यवस्था प्रतिष्ठानले मर्ने छ । महोत्सव अप्रतियोगी हुने छ । प्राप्त निवेदन प्रकृया अनुसार छनौट गरी सहभागिताका लागि स्चित गरिने छ । छनौट भएका कलाकारहरुको यातायात, खाना तथा बासको व्यवस्था नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गर्नेछ । गायन छनौट सम्बन्धमा छनौट समितिको निर्णय नै अन्तिम हुनेछ ।
आवेदन बुझाउने ठेगाना:
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
भाटभटेनी, काठमाडौं, पोष्ट बक्स नं ११७३०
फोन नं:- ०१-४४२८५४०४, ०१-४४२५४०५,
फयाक्स:- ०१-४४२८४०७
(आवेदन ईमेल मार्फत पनि पठाउन सकिने छ)
ईमेल: namuda2067@gmail.com