TLC Banner

नेपाल प्राध्यापक संघको अत्यन्त जरूरी सूचना

Urgent Notice of the Nepal Professor Association
Urgent Notice of the Nepal Professor Association

नेपाल प्राध्यापक संघको अत्यन्त जरूरी सूचना

नेपाल प्राध्यापक संघको १६ औं राष्ट्रिय महाधिवेशन यही मिति २०७६ ज्येष्ठ ९, १० र ११ गते काठमाडौंमा सम्पन्न हुने भनी मिति २०७६।०१।०९ गतेको कान्तिपुर दैनिक र अन्य सूचनाहरु मार्फत जानकारी गरिएकोमा मिति २०७६ ज्येष्ठ ५ गते बसेको विभिन्न वैचारिक संघ/संगठनहरुको नेतृत्व वर्ग र काठमाडौंमा उपलब्ध यस संघका पदाधिकारी तथा सदस्यहरुको बैठकले उक्त १६ औं राष्ट्रिय महाधिवेशन यही मिति २०७६ आषाढ १९, २० र २१ गते काठमाडौंमा सम्पन्न गर्ने भन्ने निर्णय भएकाले उक्त राष्ट्रिय महाधिवेशनका लागि छनोट हुनु भएका सम्पूर्ण प्रतिनिधिहरु तथा सम्बद्ध सबैको उक्त राष्ट्रिय महाधिवेशनमा उपस्थितिका लागि जानकारी गराउँछौं । साथै, हालसम्म राष्ट्रिय अधिवेशन सम्पन्न नभएका विश्वविद्यालय प्राध्यापक संघहरुले नेपाल प्राध्यापक संघको विधान अनुसार आ-आफूनो राष्ट्रिय अधिवेशन सम्पन्न गराई यही २०७६ आषाढ १० गतेभित्र नेपाल प्राध्यापक संघको राष्ट्रिय महाधिवेशनका लागि छनोट हुनु भएका प्रतिनिधिहरुको नामावली यस संघमा पठाई दिनुहुन समेत सूचित गर्दछौं । समुद्घाटन समारोह २०७६ आषाढ १९ गते बिहान १०:०० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग,  काठमाडौंमा हुनेछ ।

नेपाल प्राध्यापक संघ

केन्द्रीय कार्य समिति

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.