TLC Banner

एसआई यूके शैक्षीक मेलामा विद्यार्थीको आर्कषण, विद्यार्थीलाई नि:शुल्क परामर्श

SI UK Education Fair
SI UK Education Fair

एसआई यूके शैक्षीक मेलामा विद्यार्थीको आर्कषण, पाँच सय भन्दा बढी विद्यार्थीलाई निशुल्क परामर्श

काठमाडौं । एसआई यूके नेपालको आयोजनामा काठमाडौंको होटल अन्नपूर्णमा सम्पन्न अन्तर्रा्ष्ट्रिय स्तरको शैक्षिक मेलामा विद्याथीको अत्याधीक चाप देखिएको छ । मेलामा करिव ७ सय विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको एसआई यूके नेपालका डाइरेक्टर विनय अधिकारीले जानकारी दिनुभयो ।

डाइरेक्टर अधिकारीका अनुसार मेलामा अनुमान गरिएभन्दा धेरै विद्यार्थीको सहभागिता रह्यो भने  यूकेका विश्वविद्यालयका प्रतिनिधिबाट प्रत्यक्ष परामर्श हुने अवसर पाएका छन् । मेलामा सहभागी हुनका लागि विद्यार्थीलाई अनलाइन फारामको उपलब्धता गराइएको थियो ।

‘विद्यार्थीहरुको सूचना पाउँने अधिकारको सुनिश्चितता र विद्यार्थीहरुलाई विश्वविद्यालयका प्रतिनिधिबाट शैक्षीक प्रणाली, छात्रबृत्ति, अध्ययन प्रश्चात अन्तराष्ट्रिय स्तरको रोजगारीको अवसर र यूकेको जीवनशैलीको प्रत्यक्ष रुपमा परामर्श गराउने उद्देश्यले शैक्षीक मेलाको आयोजना गरिएको डाइरेक्टर अधिकारीले बताउनुभयो ।

कार्यक्रम पूर्वराज्यमन्त्री उदयजंग राणाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य विजुला बर्मा, नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतम, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ ( टिका ), महासचिव गोर्कण ढकाल, आइसिसी सदस्य ङासुराम पराजुली, नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङ, एनआरएनए यूके कार्यसमिति सदस्य तारा गुरुङ, एनआरएन क्यानडाका अभिमन्यू बस्नेत, लुम्बिनी ट्राभल्सका बृद्धिराज घिमिरे, एसआई यूके ग्लोबल विजनेस डेभलपमेन्ट डाइरेक्टर सेफ जिभान्जी, एसआई यूके ग्लोबल म्यानेजर प्रदिप अधिकारी लगायतको सहभागिता थियो । कार्यक्रममा कांग्रेस नेतृ आरजु राणाले पठाउनुभएको शुभकामना सन्देश समेत वाचन गरिएको थियो । राणा अस्वस्थताका कारण प्रमुख अतिथिको रुपमा सहभागि हुन नसकेपछि शुभकामना सन्देश पठाउनुभएको हो ।

हरेक वर्ष पचासौ हजार विद्यार्थीलाई युकेमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको एसआई यूकेको डाटा अनुसार सन् २०१८ मा ३२ हजार विद्यार्थी यूकेको विश्वविद्यालयमा भर्ना भएका थिए ।

एसआई यूकेले हरेक वर्ष नेपालमा रहेका गरिव तथा पिछडिएको वर्ग र जेहेनदार विद्यार्थीहरुको लागि स्वदेशमै अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले विशेष प्याकेज बनाएर अगाडि बढ्दै आएको छ । साथै, त्यस्ता विद्यार्थीहरुलाई बेलायतको विश्वविद्यालयमा छात्रबृत्तिको वन्दोवस्त समेत गर्न सक्ने संस्थाले जनाएको छ ।

नेपालबाट विकसित मुलुकका राम्रा विश्व विद्यालयमा अध्ययन गर्न जाने क्रम बढेसँगै पछिल्लो समय (अध्ययन प्रश्चात पाउँने रोजागरीको अवसर) खुल्ला गर्न लागिरहँदा र यूके यूरोपबाट बाहिरिंदा धेरैलाई रोजागारीको सुविधा मिल्ने सम्भावना बढेकाले पनि यूके अध्ययन गर्न जाने विद्यार्थीको आर्कषण बढेको देखिन्छ । 

एसआई यूकेले विद्यार्थीहरुलाई अध्ययनको लागि अवसर प्रदान गर्ने मात्र नभई विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा पनि परामर्श दिएर देशको विभिन्न क्षेत्रमा सम्भाब्य अवसरको खोजी गर्ने कार्यमा पनि प्रोत्साहन गर्दै आएको छ ।

विश्वका विभिन्न २३ वटा देशहरुमा शाखा सञ्जाल फैलाएको यस अन्तराष्ट्रिय ख्याती प्राप्त शैक्षीक परामर्श संस्थाले वार्षिक ४० हजार भन्दा बढी विद्यार्थीहरुलाई यूके र आयरल्याण्डमा रहेका विश्वका उच्चस्तरीय विश्वविद्यालयहरुमा अध्ययनका लागि मार्ग प्रदान गर्दै आएको छ भने विगत २०१८ देखि नेपालमा शैक्षिक परामर्श गर्दै आएको छ ।

विभिन्न देशमा फैलिएको एसआई यूकेले विश्वभरि ५० वटा अफिस मार्फत सेवा प्रवाह गर्दै आएको छ । एसआई यूकेले बेलायतमा १ सय २० वटा भन्दा बढी विश्व विद्यालयमार्फत सहकार्य गर्दै आएको छ ।

Last updated on Jan 27, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.