TLC Banner

त्रिभुवन विश्वविद्यालय द्धारा एक बर्षे वि.एडको परिक्षा केन्द्र प्रकाशित

Tu Exam Center Notice
Tu Exam Center Notice

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु द्धारा एक वर्षे बी. एडका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा केन्द्रसम्बन्धी सूचना प्रकाशित:

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरूप २०७५ सालको २०७६ वैशाख १७ गतेदेखि सञ्चालन हुने एक वर्षे बी.एडका नियमित तथा आंशिक परीक्षार्थीहरूको काठमाडौँमा परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

परीक्षा समय : बिहान १२:०० बजेदेखि दिउँसो ३:00 बजेसम्म

१) महेन्द्र रत क्याम्पस, ताहाचल केन्द्र, वाग्मति सामुदायिक क्याम्पस, वानेश्वर व. क्याम्पस, काठमाडौँ शिक्षा क्याम्पस, ललित ब. क्याम्पस, नागार्जुन कलेज र विश्वविद्यालय क्याम्पसका एक वर्षे बी.एडका सम्पूर्ण परीक्षार्थीहरू ।

२) एम्विशन कलेज, मध्यबानेश्वर केन्द्र, ग्रामीण आदर्श ब. क्याम्पस, महेन्द्र रत्न क्याम्पस, पशुपति ब. क्याम्पस र रत्न शिक्षा पब्लिक क्याम्पसका एक वर्षे बी.एडका सम्पूर्ण परीक्षार्थीहरू ।

३) भक्तपुर ब. क्याम्पस, भक्तपुर केन्द्र, सानोठिमी क्याम्पस, शारदा क्याम्पस र चैतन्य क्याम्पस बनेपाका एक वर्षे वी.एडका सम्पूर्ण परीक्षार्थीहरू ।

द्रष्टव्य :

१. तोकिएको केन्द्रबाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ । मोवाइल फोन, डिजिटल डायरी, स्मार्ट वाच, व्लुटुथ जस्ता परीक्षामा निषेधित वस्तुहरू परीक्षा भवनभित्र साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राध्यक्षले सौ सामान जफत गर्न सक्नेछन्‌ ।

परीक्षा नियन्त्रक

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related college

Tribhuvan University (TU)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.