The London College Top Banner Ad

यस्तो देश जहाँ स्तानक तह उत्तीर्ण गर्न हरेक विद्यार्थीले १० वटा विरुवा रोप्न अनिवार्य

Where Every Student should Plant 10 Tree to Get Graduation Degree

संसारभर वनजंगल फडानी हुने क्रम बढ्दो छ । तर वनजंगल जोगाउनका लागि थरिथरीका उपायहरु पनि अपनाउने गरिएको छ। तपाई यो कुरा पढेर अच्चममा पर्नुहुने छ कि संसारमा एउटा यस्तो देश छ जहाँ स्नातक तहको डिग्री हासिल गर्नको लागि हरेक विद्यार्थीले अनिवार्यरुपमा कम्तीमा १० विरुवा रोपेकै हुनु पर्दछ।

यो देश फिलिपिन्स हो, त्यहाँको सरकारले वन पर्यावरणलाई जोगाई राख्नका लागि संसारमै नभएको नयाँ कानुन पारित गरेको छ। फिलिपिन्स सरकारले यो कानुन बनाउनेको कारण यो पनि छ कि करिव ७० प्रतिशत वनजंगल भएको देश अहिले २० प्रतिशतमा झरेपछि यसलाई जोगाउनका लागि पनि नयाँ कानून ल्याईएको हो। वनजंगत अतिक्रमण र फलानी बाट आक्रान्त भएको फिलिपिन्स सरकार यस्तो किसीको उपाय अपनाउन बाध्य भएको हो।

यो कानून लागु गरेर देशमा एक बर्ष भित्र करिव १७५ मिलियन भन्दा बढि रुखरोप्ने र त्यसको विकास गर्ने लक्ष्य लिएको छ। त्यसै गरी एक पुस्ता भित्र करिव ५२५ विलियन वोटविरुवा रोपी सक्ने लक्ष्य लिएको छ। हरेक विद्यार्थीले स्नातक तहको उपाधी हासिल गर्नका लागि कम्तीमा पनि १० विरुवा रोप्नका लागि अनिवार्य गरिएको छ ।

यस कानूनको नाम ‘ग्रेजुएसन लीगसी फर द इन्भाइरोमेन्ट एक्ट’ (Graduation legacy for the Environment Act) दिईको छ। यो कानून कलेज, उच्च माध्यमिक, माध्यमिक र प्राथमिक तहका विद्यालयमा पनि लागु गरिने छ।

फिलिपिन्स सरकारले नयाँ विरुवा रोप्ने ठाऊँको पनि पहिचान गरिसकेको छ। मानव वन क्षेत्र, चरणक्षेत्र, सैन्य क्षेत्र, तथा शहरी क्षेत्रमा विरुवा रोप्ने योजना बनाएको छ। त्यहाँको स्थानीय सरकारलाई वन संरक्षणका लागि जिम्मेवारी दिईएको छ।

Comments