TLC Banner

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको उत्तरपुस्तिका अख्तियारको नियन्त्रणमा

CIAA Nepal
CIAA Nepal

त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) सेवा आयोगले पदपूर्तिका लागि लिएको लिखित परिक्षाको उत्तरपुस्तिका अख्तियारले नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परिक्षामा अनियमितता भएको कुरा संञ्चार माध्यममा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिक्षाको उत्तरपुस्तिका नियन्त्रणमा लिएको हो ।

परिक्षामा त्रिभुवन विश्वविद्यालयकै ठुला पदाधिकारिको भनसुनमा आफन्तको नाम निस्किएको परिक्षार्थीहरुले आरोप लगाएका थिए । परिक्षामा अनियमिता भएको हो वा होइन भन्ने विषयमा छानविन गर्न अख्तियारले उत्तरपुस्तिका नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता प्रदिप कोइरालाले बताए ।

प्रवक्ताका कोइरालाका अनुसार यो प्रक्रिया अख्तियारको नियमित भित्र पर्ने बताए । अख्तियारमा लिखित परिक्षाको उत्तरपुस्तीकाको छानबिन हुदै गर्दा त्रिविमा भने अन्र्तवार्ता चलिरहेको छ ।

प्रवक्ता कोइरालाले अनियमितता भएको ठहर नहुदासम्म परिक्षाको अन्य प्रक्रिया भने नरोकिने बताए । उनले भने,‘ अख्तियार अधिकारिले अनियमितता भएको आयोगमा पेश गरेर प्रक्रिया रोक्नुपर्छ भने मात्र अन्य प्रक्रिया रोकिन्छ । अनियमितता भएको ठहर नहुदासम्म अन्य काम भने रोकिदैन ।’ छानबिनमा अनियमितता भएको ठहर भएमा अन्य काम रोकिने प्रवक्ता कोइरालाले जानकारी दिए।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.