TLC Banner

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कर्मचारी समायोजन सम्बन्धमा अत्यन्त जरुरी सूचना

Ministry of Education, Science and Technology Employees adjustment notice
Ministry of Education, Science and Technology Employees adjustment notice

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय 

अत्यन्त जरुरी सूचना 

कर्मचारी समायोजन ऐन, २०७५ को दफा ७ बमोजिम यस मन्त्रालयको निर्णयानुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका नेपाल शिक्षा सेवाका विभिन्न समूह, उपसमूहका कर्मचारीहरूलाई यस मन्त्रालयबाट कार्यरत कार्यालयमार्फत समायोजनको पत्र पठाइसकिएको र इमेल ठेगाना उपलव्ध भएका कर्मचारीहरूको इमेलमा Scan समेत गरी पठाइसकिएको व्यहोरा विदितै होला ।

कतिपय कर्मचारीहरूले समायोजनको पत्र कार्यालयमा प्राप्त भइसकेपछि पनि नबुझेको, समायोजनको पत्र बुझिसकेपछि पनि रमाना लिई हाजिर हुन नगएको बुझिन आएकाले तत्काल पत्र बुझी समायोजन भएको तह निकायमा नियमानुसार रमाना लिई हाजिर हुन जानु हुन सुचित गरिन्छ । साथै सम्बन्धित कार्यालय /निकायहरूले पनि सौ बमोजिम गर्नु / गराउनु हुन अनुरोध छ । अन्यथा समायोजन ऐनवमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

मिति : २०७६।०१।२६

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.