TLC Banner

पोखरा विश्वविद्यालय द्धारा जारी विज्ञप्ती

Pokhara University Appeal
Pokhara University Appeal

पोखरा विश्वविद्यालय द्धारा जारी विज्ञप्ती:

पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्मा परिवारका सदस्य सहित मिति २०७६/०१/१७ गते मंगलबार दिनको करिब ३:०० बजेको समयमा जलविनायक मन्दिर दर्शनका लागि गएको अवस्थामा काठमाडौँको चोभारस्थित मन्जुश्री पार्क नजिकैको पार्किङ्ग स्थलमा मोटर साइकलमा आएका केहि अपरिचित व्यक्तिहरुले उहाँमाथि गरेको अभद्र एवं अमानवीय व्यवहारले पोखरा विश्वविद्यालय परिवारलाई स्तब्ध बनाएको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्मा माथिको यो निकृष्ट अमानवीय व्यवहारले सिङ्गो विश्वविद्यालय र शैक्षिक क्षेत्रको अपमान र मानमर्दन भएको हुँदा उक्त घटना प्रति विश्वविद्यालय परिवार खेद व्यक्त गर्दछ । उल्लेखित अपराधिक घटना कानुनी राज्यमाथिको ठुलो चुनौती समेत भएको विश्वविद्यालयको ठहर छ ।

यस निन्दनीय घटनामा संलग्न व्यक्तिहरुको अविलम्ब पहिचान गरी दोषीमाथि हदैसम्मको कारवाही गर्नका लागि विश्वविद्यालय परिवार नेपाल सरकार समक्ष अनुरोध गर्दछ । साथै उक्त अराजक घटनाबाट विचलित नभई विश्वविद्यालयको शैक्षिक वातावरण कायम राख्न विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक एवं सम्पूर्ण सरोकारवालाहरुसँग अनुरोध गर्दछ ।

 

गोबिन्द प्रसाद शर्मा

रजिस्ट्रार

पोखरा विश्वविद्यालय, कास्की, नेपाल

Last updated on Jan 1, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.