एसआई यूके नेपालले काठमाडौंमा फाल्गुन १० गते अन्तराष्ट्रिय स्तरको शैक्षिक मेला आयोजना गर्दै:
एसआई यूके नेपालले काठमाडौंमा फाल्गुन १० गते पहिलो पटक भब्य रुपमा अन्तराष्ट्रिय स्तरको शैक्षिक मेला आयोजना गर्न लागिरहेको छ ।
विश्वका विभिन्न २३ वटा देशहरुमा शाखा सञ्जाल फैलाएको अन्तराष्ट्रिय ख्याती प्राप्त शैक्षीक परामर्श संस्था एसआई यूकेले वार्षिक ४० हजार भन्दा बढी विद्यार्थीहरुलाई यूके र आयरल्याण्डमा रहेका विश्वका उच्चस्तरीय विश्वविद्यालयहरुमा अध्ययनका लागि परामर्श दिदै आएको छ। त्यसैगरी सन् २०१८ देखि नेपालमा शैक्षिक परामर्श सेवा दिदै आएको छ।
विभिन्न देशमा फैलीएको एसआई यूकेले विश्वभरि ५० वटा कार्यालय मार्फत सेवा प्रवाह गर्दै आएको छ । एसआई यूकेले बेलायतमा १ सय २० वटा भन्दा बढी विश्वविद्यालयसँग सहकार्य गर्दै आएको छ ।
विद्यार्थीहरुको सूचना पाउँने अधिकारको सुनिश्चितता र विद्यार्थीहरुलाई विश्वविद्यालयका प्रतिनिधिबाट शैक्षीक प्रणाली, छात्रबृत्ति, अध्ययन प्रश्चात अन्तराष्ट्रिय स्तरको रोजगारीको अवसर र यूकेको जीवनशैलीको प्रत्यक्ष रुपमा परामर्श गराउने उद्देश्यले यही फेम्बुअरी २२ तारिख अर्थात फागुन १० गते काठमाडौंको होटल अन्नपूर्णमा शैक्षीक मेलाको आयोजना हुदैछ ।
उक्त मेलामा यूकेका २० वटा भन्दा बढी विश्व विद्यालयको प्रत्यक्ष सहभागिता रहनेछ । मेलामा नेपालको शैक्षीक क्षेत्रमा उच्चपदस्थ विज्ञहरुको समेत सहभागिता रहनेछ । मेलामा सहभागि हुनका लागि अनलाइन फारामको उपलब्धता गराइएको छ।
हरेक वर्ष पचासौ हजार विद्यार्थीलाई युकेमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको एसआई यूकेको डाटा अनुसार सन् २०१८ मा ३२ हजार विद्यार्थी यूकेको विश्वविद्यालयमा भर्ना भएका थिए । एसआई यूकेले हरेक वर्ष नेपालमा रहेका गरिव तथा पिछडिएको वर्ग र जेहेनदार विद्यार्थीहरुको लागि स्वदेशमै अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले विशेष प्याकेज बनाएर अगाडि बढ्ने लक्ष्य लिएको छ । त्यस्ता विद्यार्थीहरुलाई बेलायतको विश्वविद्यालयमा छात्रबृत्तिको वन्दोवस्त पनि गर्न सक्नेछ ।
नेपालबाट विकसित मुलुकका राम्रा विश्वविद्यालयमा अध्ययन गर्न जाने क्रम बढेसँगै पछिल्लो समय PSW (Post Study Work अर्थात अध्ययन प्रश्चात पाउँने रोजागरीको अवसर) खुल्ला गर्न लागिरहँदा र यूके यूरोपबाट बाहिरिंदा धेरैलाई रोजागारीको सुविधा मिल्ने सम्भावना बढेकाले पनि यूके अध्ययन गर्न जाने विद्यार्थीको आर्कषण ह्वात्तै बढेको छ ।
एसआई यूकेले विद्यार्थीहरुलाई अध्ययनको लागि अवसर प्रदान गर्ने मात्र नभई विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा पनि परामर्श दिएर देशको विभिन्न क्षेत्रमा सम्भाब्य अवसरको खोजी गर्ने कार्यमा पनि पोत्साहन गर्दै आएको छ ।