TLC Banner

करको महत्त्वबारे चर्चा गर्नुहोस्‌ -बस्तुगत प्रश्न

Tax
Tax

करको महत्त्वबारे चर्चा गर्नुहोस्‌ । (बस्तुगत प्रश्न)

कर सरकारको आम्दानी हो। मुलुकमा लगानीको उपयुक्त वातावरण तयार गर्दै व्यापार व्यवसाय एवं रोजगारीको प्रवर्द्धन गरी अधिकतम कर परिचालनमार्फत मुलुकलाई आत्मनिर्भर बनाउन करको आवश्यकता पर्दछ, यस अर्थमा करको बहुआयामिक महत्त्व हुन्छ । करको महत्त्वलाई निम्न बुँदाबाट चर्चा गर्न सकिन्छ:

  • अधिकतम कर परिचालन गरी मुलुकको विकास निर्माणलाई प्रभावकारी बनाउन,
  • अत्यावश्यक वस्तु तथा सेवाको उत्पादनलाई प्रोत्साहन गर्न,
  • मानव जीवनमा हानीनोक्सानी गर्ने वस्तु तथा सेवाको उत्पादन एवं उपभोगलाई दुरुत्साहन गर्न,
  • विकास निर्माणमा क्षेत्रीय सन्तुलन कायम गर्न,
  • धनीलाई कर तथा गरिबलाई राहतको नीति लिई सामाजिक न्याय कायम गर्न,
  • कर प्रणालीमा प्रगतिशीलता कायम गर्न,
  • सीमित व्यक्तिमा अधिक सम्पत्ति हुनबाट रोक्न,
  • आयात प्रतिस्थापन गरी निर्यात अभिवृद्धि गर्न,
  • स्वेदशी उद्योगको संरक्षण एवं प्रवर्द्धन गर्न,
  • मुलकभित्र उद्योग, व्यवसाय गर्ने अनुकूल वातावरण तयार गर्न ।

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.