TLC Banner

माध्यमिक तहको शिक्षक पदस्थापनका लागि जिल्ला छनोट सम्बन्धी सूचना

Notice for Secondary Level Teachers Selection
Notice for Secondary Level Teachers Selection

माध्यमिक तहको शिक्षक पदस्थापनका लागि जिल्ला छनोट सम्बन्धी सूचना

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक ब्यवस्थापन समन्वय शाखा 

विषय : सूचना ।

माध्यमिक तह खुला प्रतियोगितात्मक परीक्षा मार्फत शिक्षक सेवा आयोगबाट मिति २०७५।०३॥१ मा प्रकाशित विज्ञापन बमोजिम सिफारिस भइ आएका उम्मेद्वारहरुलाई पदस्थापनाका लागि सम्बन्धित साविकको विकास क्षेत्र अर्न्तगतका जिल्ला छनोट गराई पठाउनु पर्ने भएकोले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको Website, www.doe.gov.np मा राखिएको Online फाराममा व्यक्तिगत विवरण भरी सूचना प्रकाशित भएको ७ दिन भित्र Submit गर्नुहुनका साथै बँदा नं २ र ३ मा उल्लेखित विवरण उक्त मिति भित्र teachermgt.cehrd@gmail.com मा पठाउनुहुन यो सूचना
प्रकाशित गरिएको छ ।

१) उम्मेद्वारहरुले जिल्ला छनोट गर्दा साविकको सम्बन्धित विकास क्षेत्र अन्तर्गतका ईच्छाइएका जिल्लाहरु लाई प्राथमिकता कममा उल्लेख गर्नुपर्ने छ ।

२) विद्यालयहरुमा दरवन्दीमा अस्थायी रुपमा कार्यरत शिक्षकहरुको हकमा सोही तह र विषयमा शुद्ध रिक्त दरवन्दीमा कार्यरत रहेको व्यहोरा आवेदन गरेको सम्बन्धित साविकको विकास क्षेत्र अन्तर्गतको शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने छ।

३) क र ख वर्गको अपाङ्गता भएका उम्मेदवारहरुले अपाङ्गता परिचय पत्र पेश गर्नुपर्ने छ र महिला उम्मेद्वारहरुले आफ्नो हालको स्थायी वसोवास सम्बन्धी(नागरिकता,विवाह दर्ता ,वसाइसराई आदि) प्रमाण पेश गर्नुपर्ने छ ।

४) तोकिएको समयमा निर्दिष्ट फाराम नभर्ने ,भरे पनि अपुरो फाराम भर्ने वा जिल्ला नरोजेको हकमाअरुले रोजेर बाँकी रहेको जिल्लामा निजको घर ठेगाना समेतलाई आधारमानि केन्द्रले नै जिल्ला तय गर्ने छ ।

हेमराज पुजारा
(निर्देशक)

फोन : ६६३५११३

फ्याक्स : ६६३५११३

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.