TLC Banner

अध्यापन अनुमति पत्रको अनलाइन फाराम भर्दा बारम्वार सोधिन प्रश्नहरु

Teacher License User Guideline FAQ
Teacher License User Guideline FAQ

अनलाईनबाट अध्यापन अनुमति फाराम भर्ने सम्बन्धमा सामान्यतया सोधिने प्रश्न र जवाफहरु: 

१. जाँच दिनु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा

 १.१ माध्यमिक तहको स्थायी लाइसेन्स प्राप्त गरेको र कक्षा ११-१२ मा पढाएका कारण अस्थायी लाइसेन्स लिएको व्यक्तिले यो परीक्षा दिनु पर्छ कि पर्दैन?

जवाफ: माध्यमिक तहको स्थायी लाइसेन्स हुनेले फेरि परीक्षा दिइरहनु पर्दैन ।

 १.२ साविक उच्च माविमा अध्यापनरत सबैले आवेदन गर्न पाउने कि नपाउने ?

जवाफ: आयोगद्वारा अस्थायी अध्यापन अनुमति पत्र प्राप्त गरेकाले मात्र तोकिएको विज्ञापनमा उम्मेदवार हुन पाउनेछ ।

२. फाराम भर्ने तरिका सम्बन्धमा

 २.१ आवेदन फाराम कसरी भर्ने ?

जवाफ: फाराम भर्नु अघि आयोगको वेवसाइटमा रहेको Under Guide राम्रोसँग अध्ययन गरी सो को अनुशरण गरी भर्ने ।

२.२ फाराम भर्दा नेपाली फन्टमा समस्या आयो के गर्ने?

जवाफ: युनिकोडका फन्टहरु प्रयोग गर्नुहोला

२.३ फाराम भर्दा पछि सच्याउन मिल्छ?

 जवाफ: फाराम भर्दा यकीन गरेर मात्र भर्नु होला; सबमिट गरेर फेरि सच्याउन पाइने छैन ।

३. तालिम सम्बन्धमा

३.१ शिक्षा शास्त्रबाट योग्यता हासिल गरेका वा शैक्षिक योग्यता पूरा गरेपछि एक वर्षे वि. एड. गरेकाले तालिम लिनु पर्ने कि नपर्ने ?

जवाफ: आइ. एड., वि. एड., र एम. एड. उत्तीर्ण गरेको व्यक्तिको हकमा सम्बन्धित तहको तालिम हासिल गरेको मानिनेछ ।

३.२ कस्तो दश महिने तालिमले मान्यता पाउने हो?

जवाफ: साविकको शैक्षिक जनशक्ति विकास केन्द्रबाट अनुमति लिइ मान्यता प्राप्त संस्थाबाट दिइएको शिक्षा विषयको १० महिने तालिम लिएको मानिनेछ ।

४. विविध विषयमा

४.१ कुनै तहमा स्थायी अध्यापन अनुमति पत्र लिएका व्यक्तिले विषयगत अध्यापन लिनु पर्ने कि नपर्ने ?

जवाफ: कुनै तहमा स्थायी अध्यापन अनुमति पत्र लिइसकेका व्यक्तिले पुनः त्यही तहको अध्यापन अनुमति पत्र लिनु अनिवार्य छैन।

Last updated on Jan 27, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.