The London College Top Banner Ad

'कुमारीजब' र 'क्याम्पीयन कलेज' बीच हातेमालो, विद्यार्थीहरुको क्षमता बढाउन सम्झौतापत्रमा हस्ताक्षर

Campaign College and Kumarijob Agreement

'कुमारीजब' र 'क्याम्पीयन कलेज' बीच हातेमालो, विद्यार्थीहरुको क्षमता बढाउन सम्झौतापत्रमा हस्ताक्षर ।

कुमारी जब र क्याम्पीयन कलेजबीच बुधबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आ-आफनै स्थानमा ख्याती कमाउन सफल दुवै संस्थाविच 'करियर वर्कशप” र 'प्लेसमेण्ड डे सेसन' का लागि सम्झौता सम्पन्त भएको हो । उक्त सम्झौतापत्रमा कुमारीजबका प्रवन्ध सन्देश भण्डारी र क्याम्पीयन कलेजका प्रमुख मनीता ओलीले आआयोजित एक कार्यक्रमका विच हस्ताक्षर गर्नुभयो ।

यही असार ११ गते सुरु हुने 'करियर वर्कशप" जम्मा ४ दिनसम्म चल्नेछ ।

आधुनिक हिसावले कोर्स डिजाइन पारिएकाले उक्त कार्यशालामार्फत थुप्रै विद्यार्थी भाईबहिनिहरुले यथेष्ट फाइदा उठाउनेमा आफू ढुक्क रहेको प्रवन्ध निर्देशक सन्देश भण्डारीले बताउनुभयो ।

त्यस्तै 'प्लेसमेण्ड डे सेसन' अर्न्तगत कार्यशालामा सहभागी भएका विद्यार्थीहरुले रोजगारको समेत मौका पाउन सक्नेछन्‌ । जसमा स्थापित एवम्‌ प्रतिष्ठित १० कम्पनीको प्रतिनिधिहरुको ७ प्रत्यक्ष उपस्थिती रहनेछ । कार्यशाला सकिए लगत्तै प्लेसमेण्ड डे अन्तगत उपस्थिती जनाउने १० कम्पनीमा वित्तिय संघ संस्था, गैरसरकारी संस्था लगायत रहेका छन्‌ ।

कार्यशालामा क्याम्पियन कलेजमा बिबिए तथा बिबिएसमा अध्ययनरत सयौं विद्यार्थी सहभागी हुनेछन ।

Comments