TLC Banner

अन्तर्वार्तामा अनुत्तिर्ण शिक्षकलाई करारमा नियुक्ति गरिदै

Teachers Service Commission
Teachers Service Commission

शिक्षक सेवा आयोगले नियमावली २०५७ को नियम २४ को उपनियम ३ वमोजिम अन्तर्वार्तामा अनुत्तिर्ण शिक्षकलाई करारमा नियुक्ति गर्ने प्रयोजनका लागि छनोट भएका उम्मेदवारको सूचि समेत प्रकाशन गर्ने आयोगले जनाएको छ। शिक्षा सेवा आयोगको २०५७ को नियम २४ को उपनियम ३ मा आयोगले आफूले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि अनुत्तिर्ण भएका उम्मेदवारहरूमध्येबाट करारमा शिक्षक नियुक्ति गर्ने प्रयोजनको लागि सिफारिस भएका पदसंख्याको पचास प्रतिशतले हुने संख्यामा छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्ने उल्लेख गरिएको छ।

शिक्षक सेवा आयोगका सूचना अधिकारी का अुनसार अन्र्तवार्ता क्रममा अनुत्तिर्ण शिक्षकलाई करारमा नियुक्तिका लागि आयोगले तयारी गर्दैछ। आयोगले लिएको परीक्षामा ठूलो सङ्ख्यामा शिक्षक असफल भएपछि करिव १२ हजार शिक्षक पूर्ति गर्ने तयारीमा आयोग जुटिरहेको छ । स्थायी शिक्षक पूर्तिका क्रममा कुनै विद्यालयमा दरबन्दी रिक्त भयो भने तथा शिक्षक अपुग भयो भने उक्त दरबन्दी पूर्तिका लागि करारमा नियुक्त शिक्षकलाई पठाउनका लागि आवश्यक कार्य भईरहेको आयोगका सुचना अधिकारीले जानकारी दिए।

गत चैत महिनादेखि नै शिक्षक सेवा आयोग शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाए पनि अहिले सम्म पुरा हुन सकेको थिएन। आयोगले लिएको आन्तरिक परीक्षामा २३ हजार अस्थायी शिक्षकको सहभागितामा १४ हजार हारहारीमा शिक्षक उत्तिर्ण भएका थिए।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.