TLC Banner

शिक्षण अनुमति पत्र को परीक्षा नयाँ पाठ्यक्रम अनुसार हुने

Teaching License Exam
Teaching License Exam

शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षा जेठ महिना भित्रै गर्ने भएको छ । आयोगले विषयगत परीक्षा लिनेगरी माध्यमिक र निम्नमाध्यमिक तहका लागि नयाँ पाठ्यक्रम तयार पारिसकेको जनाएको छ । त्यसैगरी अनलाइनबाटै फारम भर्ने व्यवस्था मिलाउँदैछ भने वस्तुगत प्रश्नको उत्तरपुस्तिका यन्त्र प्रणालीमार्फत् जाँच्ने तयारी गर्दैछ ।
लोक सेवा आयोगले बिज्ञापन प्रकाशित गरे पछी मात्र शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षा लिने सेवा आयोगको आन्तरिक तयारी रहेको छ।
यस पटक परीक्षार्थीको योग्यता पनि तीनै तहका लागि प्रचलित नियमावली अनुसार नै हुने भएको छ । आयोग उच्च स्रोतका अनुसार अनुमति पत्र (लाइसेन्स) को परीक्षा नयाँ पाठ्यक्रम बमोजिम विषयगत हुनेछ ।

आयोगको नियमावलीको नियम ९ अनुसार परीक्षार्थीको न्यूनतम योग्यता माध्यमिकका लागि स्नातक, निम्नमाध्यमिक र प्राथमिक दुबै तहका निम्ति १२ कक्षा वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ । त्यसका लागि १० महिना तालिम लिएको हुनुपर्ने उल्लेख छ ।

शिक्षाशास्त्र बाहेक अन्य विषय अध्यन गरेका परीक्षार्थीहरुले माध्यमिक तहको हकमा ९ वटा विषयः अंग्रेजी, गणित, विज्ञान, लेखा र प्राविधिक विषयहरुमा तालिम नभए पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.