The London College Top Banner Ad

विद्यार्थी पन्छाएर विद्याश्रममा डोजर

Dozer in School

विद्यार्थी पन्छाएर विद्याश्वममा डोउ

पशुपति क्षेत्र विकास कोष र महानगरको मिलेमतोमा विद्यालयको जग्गा अतिक्रमण

सुदीप कैनी (काठमाडौं), काठमाडौं महानगरपालिकाले वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम) को जग्गामा डोजर चलाएको छ । विद्यालयको जग्गा अतिक्रमण गर्न लागेको भनेर विद्यार्थी र शिक्षकले अवरोध गर्दागर्दै डोजरले जग खनेपछि महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन शिलान्यास गरेका छन्‌ ।

विद्यालयको करिब एक रोपनी जग्गा कब्जा गरेर वडा नम्बर ८ को कार्यालय भवन बनाउन लागिएको हो । पशुपति क्षेत्र विकास कोष र महानगरको मिलेमतोमा विद्यालयको जग्गा अतिक्रमण गरिएको विद्यालयले जनाएको छ। 'एक्कासि विद्यालय परिसरमा डोजर लगाएर जग खनियो,' विद्यालयका प्रधानाध्यापक केशव अधिकारीले भने, 'मेयर आएर वडा कार्यालय भवन शिलान्यास गर्नुभयो, हामीलाई केही थाहा छैन ।'

विद्यालयको अनुमतिबिनै जग खन्न थालेपछि शिक्षक र विद्यार्थीले विरोध गरेका थिए । मेयर शाक्य बिहीबार शिलान्यास गर्न जाँदा उनीहरूले नाराबाजी गरेर अतिक्रमण नगर्न आग्रह गरेका थिए । तर प्रहरीसहित स्थानीयले बल प्रयोग गरेर शिलान्यास गराएको शिक्षकहरूले गुनासो गरेका छन्‌ । 'जग्गा हडप्न आएकालाई विद्यालय परिसरमा छिर्न नदिन गेटमै नारा लगाएर बसेका थियौं,' कक्षा १० का एक छात्रले भने, 'प्रहरीले शिक्षक र विद्यार्थी साथीहरूलाई हातपात गरेर शिलान्यास गराइछाडे ।'

जग्गा कब्जामा परेपछि विद्यालयले शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र गुठी काठमाडौं महानगरपालिकाको वडा द को कार्यालय बनाउन शनिबार पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमको जग्गामा डोजर लगाएर खाडल खनी शिलान्यास नै गरेपछि उक्त क्षेत्रमा नियाल्दै विद्यार्थी । 

कार्यालय बनाउने विषयमा सञ्चालक समितिलाई समेत थाहा नदिइएको विद्यालयले जनाएको छ । 'गुठी संस्थान नेपालअन्तर्गत वेद विद्याश्वमका संस्थानमा उजुरी दिएको छ । शैक्षिक संस्थाको जग्गामा नगरपालिकाको भवन बनाउनु न्यायसंगत नहुने भन्दै विद्यालयले उजुरी दिएको हो। वडा नाममा लालपुर्जा छ,' प्रअ अधिकारीले भने, सञ्चालक समितिमा कुनै प्रस्ताव आएको छैन, निर्णय पनि भएको छैन, वडा कार्यालय बनाउने भन्दै शिलान्यास भइसक्यो ।' उक्त विद्यालयमा विभिन्न जिल्लाका एक सय ८५ विद्यार्थीले संस्कृत पढ्दै छन्‌ । विद्यार्थीलाई बस्न छात्रावासको व्यवस्था छ । छात्रावास पछाडि उत्तरतर्फको जग्गामा भवन बनाउन जग खनिएको हो ।

विद्याश्रम २०३१ सालमा स्थापना भएको हो । जुन २०५५ सालसम्म गुठी संस्थान मातहत सञ्चालन हुँदै आएको थियो । २०५६ पछि कोषले व्यवस्थापन गर्दै आएको छ । विद्यालयका लागि वार्षिक अनुदान कोषले उपलब्ध गराउँछ । स्थापना हुँदा विद्यालयसँग ४९ रोपनी जग्गा थियो । केही जग्गामा महानगरीय प्रहरी वृत्त गौशाला र कोषको कार्यालय राखियो ।

विद्यालयलाई ३१ रोपनी जग्गाको मात्र पुर्जा दिइयो । त्यही जग्गामा वडा कार्यालय बनाउन लागिएको हो । 'जसले संरक्षण गर्नुपर्ने हो, उसैले अतिक्रमण गर्न लागेपछि विरोध गरेका हौं,' विद्यालयका शिक्षक नवराज घिमिरेले भने । महानगरलाई विद्यालयको जग्गामा हस्तक्षेप नगर्न हारगुहार गर्दा पनि सुनुवाइ नगरेको उनले जनाए । विद्यालय सञ्चालन गर्ने अधिकार हाल स्थानीय सरकारलाई छु ।

विद्याश्रममा कक्षा १० सम्म पढाइ हन्छ। कक्षा ११ सञ्चालन गर्न अनुमति पाइसकेको छ । विद्यालय थप विस्तार हँदै गएको छ । छात्रावास, कार्यालय, पठनपाठन गर्ने एकै ठाउँमा हो,' शिक्षकघिमिरेले भने, 'अतिक्रमणमा पर्दै गए विद्यार्थीलाई खेल्ने ठाउँसमेत नरहन सक्छ ।' कोषको जग्गा अन्यत्र पनि भएकाले विद्यालयकै जग्गामा कार्यालय बनाउन आवश्यक नरहेको शिक्षकहरू बताउँछन्‌ । वडा कार्यालयमा सेवाग्रहीको भीडभाड हुने भएकाले पठनपाठनमा पनि समस्या पर्न सक्ने उनीहरू तर्क गर्छन्‌ ।

विद्यालयमा ३ जना मात्रै शिक्षक स्थायी छन्‌ । २३ शिक्षक कर्मचारी अस्थायी हुन्‌ ।धार्मिक परम्पराअनुसारको कर्मकाण्ड अध्यापन हुने विद्यालयलाई सरकार, महानगर र कोषले बेवास्ता गरेको पनि सञ्चालक समितिका सदस्यहरूको गुनासो छ । विद्यालयको थप विस्तार गर्न सहयोग गर्नुपर्नेमा उल्टै जग्गामा पनि आँखा लगाउने काम भयो,' ती सदस्यले भने ।

वडा नम्बर ८ का अध्यक्ष दिनेशकुमार डंगोलले भने वडा कार्यालय र कोषको लेनदेनका क्रममा त्यस जग्गामा भवन निर्माण गर्न लागिएको जनाए । '२०५८ सालमा कोषले विद्यालयको जग्गा अधिग्रहण गरेको थियो । त्यसको सट्टा अर्को जग्गा दिने सहमति छ,' उनले भने, भवन बनाउन उक्त जग्गा उपलब्ध गराइएको हो ।' कोषले जग्गा उपलब्ध गराएकाले विद्यालयले महानगरसँग विवाद गर्नुको कुनै अर्थ नरहेको उनले तर्क गरे । 'कोषले ४ आनामा कार्यालय बनाउनु भनेर पत्र दिएको छ, हामीले कम्तीमा ८५ आना चाहिन्छ भनेका छौँ,' वडा अध्यक्ष डंगोलले भने, 'व्यक्तिगत सम्पत्ति जोडन लागेका होइनौं । वडा कार्यालय र विद्यालय दुवै महानगरकै हो ।'

विद्यालयको सट्टा अन्यत्र जग्गा माग्दामाग्दै कोषले सोही ठाउँमा उपलब्ध गराएकाले भवन बनाउन बाध्य भएको उनको भनाइ छ । 'त्यो जग्गा विद्यालयको भन्ने पनि सुरुमा थाहा थिएन, भवन बनाउन पाए सेवाग्रहीलाई पायक पर्ने ठाउँ हुन्थ्यो भनेर काम थालेका हौं,' उनले भने ।

वडा कार्यालय बनाउन कोषको सञ्चालक परिषद्ले निर्णय गरेर जग्गा उपलब्ध गराएको सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । 'अहिले पनि वडा कार्यालय विद्यालयसँगै छ, त्यहाँबाट थोरै दक्षिणतर्फ बनाउनु भनिएको हो,' उनले भने, 'स्कुलको जग्गा धेरै मिच्न लागे भनेर विवाद झिक्नु भएको होला, दुवै पक्षलाई छलफलमा बोलाउँछौं ।' विद्यालयले भोगचलन गर्दै आएको जग्गा कोष मातहत भएकाले कहाँ के गर्ने तजबिज पनि आफूहरूकै रहेको उनले दाबी गरे । 'पशुपति क्षेत्रभित्र कहाँ कुन संरचना बनाउने भनेर गुरुयोजना बन्दै छ, स्कुलको जग्गामा धैरै असर पर्दैन, सामान्य कुरामा बिवाद गर्न जरुरी छैन,' उनले भने । - कान्तिपुर बाट

Comments