आज वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६३ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी धुम धाम का साथ मनाइँदैछ । भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
भगवान गौतम बुद्धले दिएका उपदेशहरुः पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु। छन् । समस्त मानव समुदायका लागि जीवन उपयोगी छन। अशान्तीको दलदल मा फसेको आजको विश्वका लागि बुद्ध वाणीले सारा मानव जगतलाई नै कल्याण गर्नसक्दछ ।
बुद्धले दिएका यी १० उपदेशहरु तपाई आफ्नो जीवनमा लागुगर्नुहोस, तपाईको जीवनमा अवश्य पनि शान्ती छाउनेछ।
१. आफ्नो क्षमताले काम गर्नुहोस, कुनै दोस्रो ब्यक्तिमा भर नपर्नुहोस ।
२. मानिसको मन भित्रनै शान्ती बास हुन्छ, बाहिर खोज्ने प्रयास नगरे हुन्छ ।
३. आफ्नो मन नै सबै थोक हो, आफु जस्तो बन्न चाहनुहुन्छ त्यस्तै बन्न सक्नुहुन्छ ।
४. असल जीवनको सवैभन्दा असफलता भनेको असत्यवादी बन्नु हो।
५. तीन कुरा धेरै बेर सम्म लुक्न सक्दैनन्ः सूर्य, चन्द्रमा र सत्य ।
६. हामी आफुले आफैलाई मात्र बचाउन सक्छौ, हामी आफुले आफनौ बाटो आफै रोज्नु पर्छ ।
७. स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, संतोष सबैभन्दा बढि धन हो र विश्वास सबै भन्दा राम्रो सम्बन्ध हो ।
८. हामी जे बोल्छौ त्यसलाई विचार गरेर नै बोल्नु पर्दछ, सुन्ने ब्यक्तिलाई के कस्तो प्रभाव पर्दछ राम्रो या नराम्रो ।
९. शरीरलाई स्वस्थ राख्नु नै एक कर्तब्य हो, अन्यथा तपाई आफ््नो मन र विचार सहि राख्न सक्नुहुन्न।
१०. निस्क्रिय भएर बस्नु मृत्युको एउटा छोटो बाटो हो, परिश्रम गर्नु जीवनको सहि बाटो हो, मूर्ख मानिस निस्क्रिय हुन्छन भने बुद्धिमान मानिस परिश्रमी ।