TLC Banner

सातै प्रदेशका ९ सय ३० सरकारी विद्यालयमा आईटी ल्याब बन्ने

IT Labs in School
IT Labs in School

नेपाल दूरसञ्चार प्राधिकरणले सातै प्रदेशमा रहेका नौ सय ३० सरकारी विद्यालयमा आईटी ल्याब बनाउने भएको छ। त्यसका लागि प्राधिकरणले बिहीबार बोलपत्र आह्वान गरेको हो। डिजिटल नेपालअन्तर्गत ई–एजुकेसनलाई प्रभावकारी बनाउने उदेश्यका साथ यो परियोजना अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार यसकालागि प्राधिकरणले पहिलो चरणमा विद्यालय छनोटको काम सम्पन्न गरिसकेको छ। कुल ९ सय ३० विद्यालयमध्ये हाल सात सय ९२ विद्यालयको छनोटको काम सम्पन्न गरी सार्वजनिक गरिसकिएको अर्यालले बताए। अर्यालका अनुसार बाँकी रहेका एक सय ३८ विद्यालय छनोटको कार्य पनि सम्पन्न भइसके पनि सार्वजनिक भने भएको छैन।

प्राधिकरणले स्थानीय तहमा आईसीटीको विकास गर्न र शिक्षाको गुणस्तर सुधार गर्न आईटी ल्याब बनाउन लागेको हो। त्यतिमात्रै नभएर सरकारले सूचना प्रविधि नीतिमा पनि आईसीटीलाई भरपुर प्रयोग गर्ने भनि उल्लेख गरेकाले यो प्रभावकारी हुने अर्यालले बताउँछन्। अर्यालका अनुसार यसअघि सरकारी विद्यालयमा आईटी ल्याब बनाउनको लागि सरकार, प्राधिकरण र विद्यालयको भूमिका के हुने भनी कार्यविधि तयार पारिएको थियो। यसमा विद्यालयले ल्याब दिगोरूपमा सञ्चालन गर्नुपर्ने, फर्निसिङ, कोठा लगाएतको व्यवस्था गर्नुपर्नेछ। - अन्नपूर्ण दैनिकमा प्रकाशित

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.