TLC Banner

एघार हजार एक सय शिक्षक कारबाही मा पर्ने

Teacher
Teacher

देशभरबाट ११ हजार १ सय शिक्षकले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाएका कारण राष्ट्रिय सतर्कता केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ। सर्तकता केन्द्रले आर्थिक वर्ष २०७४/२०७५ मा तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाई भ्रष्टाचार निवारण ऐन उल्लंघन गर्ने १७ हजार १ सय २७ जनालाई कारबाहीको सिफारिस गरेको छ।

सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक रहेका छन्। त्यस्तै एक हजार नौ सय ३९ जना निजामति कर्मचारीले पनि समयसिमा भित्र सम्पत्ति विवरण बुझाएका छैनन्।

सम्पत्ती विबरण नबुझाउनेको सूचीमा नेपाली सेनाका ४६६ जना तथा नेपाल प्रहरीका १ सय २६ जना रहेका छन। त्यस्तै करिब२ हजार चारसय पाँच जना जनप्रतिनिधिहरुले पनि सम्पत्ती विवरण बुझाउन अटेर गरेका छन्। जिल्ला समन्वय समितिका पदाधिकारी पनि पाँच जना रहेका छन् भने अन्य ६ सय १९ जना रहेका छन्।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.