TLC Banner

अस्थायी शिक्षकको सुविधा सम्बन्धी अत्यन्त जरुरी सूचना: शि.मा.स्रो.वि.केन्द्र

Notice regarding the facility of temporary Teachers
Notice regarding the facility of temporary Teachers

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा सानोठिमी, भक्तपुर

विषयः अस्थायी शिक्षकको सुविधा सम्बन्धी अत्यन्त जरुरी सूचना ।

श्री शिक्षा विकास तथा समन्वय इकाइ सबै । 

यस केन्द्रको च. नं. १४२ मिति २०७५।१२।२५ र च. नं. १५५ मिति २०७६।०१।२० को पत्रबाट समेत अस्थायी शिक्षकको रुपमा कार्यरत रही शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा ११च को उपदफा (१०) र सोही दफाको उपदफा (९) अनुसार अवकास हुने शिक्षकहरुले पाउने सुविधाको सम्बन्धमा तोकिए बमोजिमका कागजात सहितका विवरण एकमुष्ट विद्यालय शिक्षक कितावखानामा पठाउन भनिएकोमा हाल उक्त सुविधा शिक्षक कितावखानाबाट वितरण भई रहेको र केही जिल्लाबाट त्यस्ता शिक्षकको सुविधा सम्बन्धी फाइल प्राप्त नभएको जानकारी आएको हुँदा अविलम्व त्यस्ता शिक्षकको आवश्यक विवरण सहितको फाइल शिक्षक कितावखानामा पठाउन हुन जानकारी गराइएको छ । समयमा फाइल प्राप्त नभई सुविधाबाट बञ्चित हुन गएमा सम्बन्धित पदाधिकारी नै जवाफदेही हुने व्यहोरा निर्देशानुसार अनुरोध छ |

बोधार्थ

श्री शिक्षा, विज्ञान तथा प्रविधि मंत्रालय, सिंहदरबार काठमाडौं ।

श्री विद्यालय शिक्षक कितावखाना, ताहाचल, काठमाडौं |

भुवनेश्वर जोशी

शाखा अधिकृत

मितिः २०७६।०२।०३

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.