मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाको तयारी गर्दै गर्दा १० जना नर्स पक्राउ परेका छन् । विगत लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका नर्सहरुलाई आज धर्नाबारे छलफलमा जुटिरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका नर्सहरुले ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने, समयमै तलब दिनुपर्ने, पुरानो कर्मचारीको कार्यसम्पादन मुल्यांकनका आधारमा ग्रेडिङ गरिनु पर्ने, सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने, र पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने माग राखी आन्दोलन गर्दै आईरहेकाछन् ।उनिहरुले माग पुरा नभएसम्म आन्दोलन गरिरहने बताएका छन ।
आफुहरुले जायज माग राखेको र आफ्ना मागहरुको सुनुवाई यथासिघ्र हुनपर्ने भन्दै गत शुक्रबार देखि सिनियर नर्स जीता बराल र अस्पतालमा कार्यरत नर्स डिकी शेर्पाले आमरण अनसन सुरु गरेका थिए ।
अनसन सुरु गरेको आज एक साता बितिसक्दा पनि नर्सहरुको माग सम्बोधनको लागि सम्बन्धीत निकायले चासो दिएको छैन । हाल दुबै अनसनरत नर्सहरुको मुटुको चाल गढबडी, रक्तचाप कमी, श्वासप्रश्वासमा समस्या र संक्रमणको जोखिम उच्च रहेको चिकित्सकहरुले जनाएका छन् ।
प्रत्यारोपण केन्द्रले ९६ जना स्टार्फ नर्सलाई स्थायी पदपूर्ति गर्न यहि वैशाख १३ गते राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेकोमा विहिबार मात्रै प्रत्यारोपण केन्द्रले लोकसेवा आयोगलाई परीक्षा स्थगित गर्न अनुरोध गर्दै पत्राचार गरेको थियो ।
Comments 0
No comments yet. Be the first to start the conversation.