TLC Banner

अस्थायी शिक्षकको आमरण अनशन लम्बिदै, सरकार भने मौन

extending strike of temporary teacher
extending strike of temporary teacher

विगत १३ दिनदेखि विभिन्न माग राखी अस्थायी शिक्षक आमरण अनशनमा बसेका छन् । शान्तिवाटिकामा अनशन बसेका अस्थायी शिक्षकहरुको मुख्य माग शिक्षक सेवा आयोगले स्थायीका लागि लिएको परीक्षामा अनुत्तीर्ण भएपछि विस्थापित नगर्नलगायतका छन ।

शिक्षक सेवा आयोग ले लिएको परिक्षामा अनुत्तिर्ण भए पनि अस्थायी शिक्षकलाई कुनै पनि बहानामा विस्थापित नगर्न र पुनः आन्तरिक परीक्षाको व्यवस्था गरी स्थायीको प्रक्रियामा लैजानुपर्ने उनीहरूको माग छ ।

शिक्षा ऐनको नवौँ संशोधनमा भने आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकले स्वतः अवकाश पाउने उल्लेख छ। आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका शिक्षकले अहिले रोजगारीको निरन्तरता हुनुपर्ने माग गरेका छन् ।

अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिका अनुसार परीक्षाका लागि फारम भरेका करिब २६ हजारमध्ये १२ हजारभन्दा बढी अनुत्तीर्ण भएका छन् ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.