लोकसेवा आयोगलाई परीक्षा स्थगित गर्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अनुरोध गर्दै पत्राचार गरेको छ । प्रत्यारोपण केन्द्रले ९६ जना स्टार्फ नर्सलाई स्थायी पदपूर्ति गर्न यहि वैशाख १३ गते राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेको थियो । करारमा कार्यरत कर्मचारीहरुले त्यसको विरोध गर्दै जागिरको सुनिश्चिताको माग राखी आन्दोलन सुरु गरेका थिए ।
एक हप्ताअघि देखी उक्त प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्स डिक्की शेर्पा र पोखराकी नर्स जिता बराल आमरण अनसन बसिरहेका छन् । नर्सको स्वास्थ्यअवस्था गम्भीर हुन थालेपछि केन्द्रले लोकसेवा आयोगलाई पत्र पठाउँदै परीक्षा स्थगित गर्न अनुरोध गरेको हो ।
त्यसै गरी आजै नेपाल नर्सिङ संघले पनि प्रत्यारोपण केन्द्रलाई परीक्षा स्थगित गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको नेपाल नर्सिङसंघकी सचिव राजकुमारी ज्ञवालीले बताइन ।
काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम गर्दै आएका कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने, जोखिमभत्ता प्रदान गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने सम्मेलनमा कार्यरत कर्मचारीलाई अवसर दिनुपर्नेलगायतका माग आन्दोलनरत नर्सले राखेका छन् ।
Comments 0
No comments yet. Be the first to start the conversation.