TLC Banner

कक्षा ११ र १२ मा मनोमानी शुल्क

Class 11 and 12 Unnecessary Fees
Class 11 and 12 Unnecessary Fees

प्रकृति अधिकारी, काठमाडौँ, विद्यालयहरूले कक्षा ११ र १२ मा मनोमानी रूपमा शुल्क उठाउने गरेको पाइएको छ । स्थानीय तहले कक्षा १० सम्मको शुल्क सीमा कायम गरे पनि कक्षा ११ २ १२ मा उठाइने शुल्कको सीमा अहिलेसम्म कायम गरिदिएका छैनन्‌ । यसले गर्दा विद्यालयहरूले औचित्यका आधारमा भन्दा मनोमानी रूपमा शुल्क उठाउँदै आएका छन्‌ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले कक्षा ११ र १२ को शुल्क तोक्ने दायित्व स्थानीय तहको भएको बताउँदै भन्नुभयो, “सङ्घीय शिक्षा ऐन नआइसकेकाले हाल कार्यान्वयनमै रहेका ऐनका आधारमा कार्यविधि तयार गरेर शुल्क सीमा तोक्नुपर्छ ।”

शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समितिले नयाँ शैक्षिक सत्रका लागि शुल्क निर्धारण गरी सोको प्रस्ताव जिल्ला शुल्क निर्धारण समितिमा पेस गर्नुपर्ने र समितिले त्यसलाई स्वीकृत गर्नुपर्ने स्पष्ट व्यवस्था 'छ। स्थानीय तहको गठनपछि शुल्क प्रस्तावलाई सम्बन्धित स्थानीय तहबाट स्वीकृत गराउने गरिएको छ। कक्षा १२ सम्मको शिक्षा विद्यालय तहको भएकाले शिक्षा ऐनमा उल्लेख भएको व्यवस्था कक्षा १० सम्मका लागि मात्र आकर्षित नहुने प्रस्ट छ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा ऐनमा भएको शुल्क निर्धारणको विधि र सूत्रलाई टेकेर कक्षा ११ र १२ मा पनि लागू गर्नुपर्ने तर्क गर्दै भन्नुभयो, “स्थानीय तहले कक्षा ११ र १२ को पनि शुल्क निर्धारण गरी स्वीकृति प्रदान गर्नुपर्छ । स्वीकृत शुल्कलाई विद्यालयले आफ्नो सूचना पाटीमा अनिवार्य रूपमा टाँस गर्न लगाउनै पर्छ ।”

शिक्षा ऐनमा क, ख, ग र घ श्रेणीमा विद्यालयको वर्गीकरण गरी 'ग' श्रेणीलाई आधार मानी शुल्क निर्धारण गर्ने तथा "ख श्रेणीका विद्यालयले "ग'को भन्दा २५ प्रतिशत बढी र “क' श्रेणीका विद्यालयले ५० प्रतिशत बढी तथा 'घ' श्रेणीका विद्यालयले 'ग'को भन्दा २५ प्रतिशत कम शुल्क उठाउन पाउने व्यवस्था छ।

चितवनको भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख सीताराम कोइरालाले विद्यालयको वर्गीकरण गर्न लागिएको जानकारी दिँदै थप्नुभयो, "२०६५ सालपछि यहाँका विद्यालयको वर्गीकरण गरिएको रहेनछ । त्यो पूरा गर्छौ । त्यसलगत्तै कक्षा ११२ १२ को पनि शुल्क निर्धारण गर्ने योजना अगाडि बढाइसकेका छौँ ।"

निजी विद्यालयका सञ्चालकहरूले लागतका आधारमा कक्षा ११२ १२ को शुल्क लिने गरेको तर्क गर्दै आएका छन्‌ । “अहिलेसम्म कक्षा ११ र १२ को शुल्क निर्धारण गर्ने प्रचलन छैन", उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घका महासचिव लोकबहादुर भण्डारीले भन्नुभयो, “स्वविवेकले शुल्क लिने प्रचलन छ । शुल्क निर्धारण गर्ने पद्चति नभएपछि लागतका आधारमा लिने गरिएको हो|"

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागका निमित्त प्रमुख तारापति खरेलले कक्षा ११ २ १२ को शुल्क निर्धारण गर्न सामाजिक समितिको संयोजकमा प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । समितिका संयोजक मुकुन्द रिजालले माध्यमिक तहसम्मको शुल्क निर्धारण गर्ने विषय समितिको क्षेत्रभित्र पर्ने बताउँदै त्यसबारे छिट्टै निर्णय गरिने बताउनुभयो । - गोरखापत्रबाट

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.