The London College Top Banner Ad

हब इन्टरनेसनलमा अष्ट्रेलियन एजुकेसन फेयर २०२० सम्पन्न, विद्यार्थीहरुको उत्साहजनक सहभागिता

Hub International Austrailain Eduction Fair 3

काठमाडौं– हब इन्टरनेसनल एजुकेसनले अष्ट्रेलियन एजुकेसन फेयर २०२० गरेको छ । सोमबार सम्पन्न फेयरमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको हब इन्टरनेसनल एजुकेसनले जनाएको छ ।

अष्ट्रेलियन एजुकेसन फेयरमा फेडेरेसन विश्वविद्यालय, इन्जिनियरिङ इन्स्टिच्युट अफ टेक्नोलोजी, जेम्स कुक विश्वविद्यालय, साउर्दन क्रस विश्वविद्यालय, बक्स हिल इन्स्टिच्युट, एक्सेल्यिा कलेज लगायत १५ विश्वविद्यालय तथा कलेजहरुको प्रतिनिधित्व रहेको थियो ।

‘अष्ट्रेलिया अध्यनका लागि जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलियन शिक्षाबारे जानकारी दिन यो एजुकेसन फेयर गरिएको थियो, यसको उद्देश्य पूरा भएको छ, नेपाली विद्यार्थीमा रहेका अष्ट्रेलिया शिक्षाबाट विभिन्न जिज्ञासा हामीले मेट्न सफल भएका छौँ,’ हब इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक उद्धवबहादुर खड्काले भने, ‘विश्वका उत्कृष्ट अष्ट्रेलियन शिक्षाप्रदायकहरुले दिएको जानकारी नेपाली विद्यार्थीलाई सहयोगी बन्ने हामीले विश्वास लिएका छौँ ।’

हब इन्टरनेसनल एजुकेसनले आयोजना गरेको यो शैक्षिक मेलामा बैंक अफ काठमाण्डौं, ब्रिटिस काउन्सिल तथा ट्राभलर्स हबले पनि सहभागीता जनाएका थिए । कार्यक्रममा ग्रिन बिन्स कफी एन्ड स्यान्डवीचले सहभागी विद्यार्थीहरुलाई निःशूल्क कफी खुवाउनुका साथै बारिस्टा ट्रेनिङमा पचास प्रतिशत छुट दिने घोषणा गरेको थियो । यसैगरी फेयरमा सहभागी विद्यार्थीहरुले विभिन्न खेलहरुमा पनि सहभागिता जनाएका थिए ।

साथै, कार्यक्रममा हब इन्टरनेसनलले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि सहभागी सबै विद्यार्थीहरुलाई भिजट नेपाल २०२० को लोगो वितरण गरेको थियो ।

उक्त एजुकेशन फेयर मा सहभागि विद्यार्थीहरुले प्रत्यक्षरुपमा विभिन्न कलेज र युर्निभर्सिटीका प्रतिनिधीसँग भेटेर आवश्यक जानकारी लिन पाएको मा खुशी ब्यक्त गरेका थिए। फेयर मा सहभागि कलेज तथा युनिभर्सिटीका प्रतिनिधीहरुले अष्ट्रेलिया अध्यनका लागि जान चाहने विद्यार्थीहरुले सत्यतत्थ्य जानकारी लिएर मात्र एप्लाई गर्न सुझाव दिएको बताए ।

Comments