TLC Banner

अस्थायी शिक्षकको सुविधा सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित

important notice about the facility of temporary teacher
important notice about the facility of temporary teacher

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,  शिक्षा तथा मानव स्रोत विकास केन्द्र समन्वय शाखा

विषय: अस्थायी शिक्षकको सुविधा सम्बन्धी अत्यन्त जरुरी सूचना ।

श्री शिक्षा विकास तथा समन्वय इकाई सबै ।

प्रस्तुत सम्बन्धमा यस केन्द्रको चं नं १४२ मिति २०७५।१२।२५ को पत्रबाट अस्थायी शिक्षकको रुपमा कार्यरत रही शिक्षा ऐन २०२८ संशोधन सहितको दफा ११च को उपदफा (१०) र सोही दफाको उपदफा (९) अनुसार अवकास हुने शिक्षकहरुले पाउने सुविधाको सम्बन्धी विवरण विद्यालय शिक्षक कितावखानामा पठाउन भनिएकोमा, हाल सम्म १८ जिल्लाहरुको आंशिक रुपमा मात्र प्राप्त भएको वुझिन आएकोले उक्त सुविधा पाउन योग्य अस्थायी शिक्षकहरुको आवश्यक प्रमाणित कागजात रहेको व्यक्तिगत फाइल सहितको समष्टिगत विवरण अवलिम्व पठाउन हुन निर्णयानुसार अनुरोध छ।

पुनश्चः त्यसरी अवकास हुने शिक्षकहरुको सुविधाको रकम विद्यालय शिक्षक कितावखानाबाट यकिन भएपछि उपदानको प्रणाली जस्तै सम्बन्धित इकाइमा पठाउने व्यवस्था मिलाइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

 

भुवनेश्वर जोशी

शाखा अधिकृत

बोधार्थ:

श्री शिक्षा, विज्ञान तथा प्रविधि मंजालय, सिंहदरबार काठमाडौं ।

श्री विद्यालय शिक्षक कितावखाना, ताहाचल, काठमाडौं ।

मितिः २०७६।०१।२०

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.