TLC Banner

विश्वविद्यालय अनुदान आयोग विश्वविद्यालय समन्वय द्धारा विज्ञप्ती जारी

University Grants Comission Notice
University Grants Comission Notice

विश्वविद्यालय अनुदान आयोग विश्वविद्यालय समन्वय द्धारा विज्ञप्ती जारी

नेपालमा विश्वविद्यालयहरूको सञ्चालन तथा विकासका लागि आवश्यक कार्य गर्न स्थापित विश्वविद्यालय अनुदान आयोगबाट गठन भएको विश्वविद्यालय र सो सरहका स्वास्थ्य प्रतिष्ठानहरूको उपकलपति सदस्य रहने विश्वविद्यालय समन्वय समितिको मिति २०७६/१/२४ गते बसेको बैठकले पोखरा विश्वविद्यालयका उपकलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्मा माथि मिति २०७६/१/१७ गते काठमाडौंको चोभारमा केही अपरिचित व्यक्तिहरूले गरेको अभद्र एवं अमानविय व्यवहार प्रति खेद प्रकट गर्दछ ।

प्राज्ञिक क्षेत्रको प्रतिष्ठा माथिनै आँच आउने गरी भएको यो दुर्व्यवहारले विश्वविद्यालय र उच्च शैक्षिक क्षेत्रको अपमान तथा मानमर्दन भएको हुँदा प्राज्ञिक जगत स्तब्ध भएको छ । जुन सुकै समस्याको समाधान प्रचलित कानुन बमोजिम उचित विधि र प्रक्रिया अनसार खोजिन पर्नेमा काननी राज्यको उपहास हुने गरी भएको उक्त घटना निन्दनिय छ । विश्वविद्यालयको प्राज्ञिक मयांदामा आघात पुग्ने गरी भएको यो निन्दनीय घटनामा संलग्न व्यक्तिहरूको अबिलम्ब पहिचान गरी दोषीमाथि कानून बमोजिमको कार्वाहीका लागि विश्वविद्यालय समन्वय समिति सम्बन्धित निकायलाई अनुरोध गर्दछ ।

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.