The London College Top Banner Ad

२०७६ सालका सम्पूर्ण सार्वजानिक विदाहरु - नेपाल राजपत्रमा प्रकाशित

list of national holidays in Nepal 2076

नेपाल सरकार द्धारा राजपत्रमा प्रकाशित - खण्ड (६८) काठमाडौ, चैत १ गते, २०७५ साल (संख्या ५८, भाग ५):

नेपाल सरकारले संवत्‌ २०७६ साल बैशाख १ गतेदेखि २०७६ साल चैत मसान्तसम्म एक वर्ष भरिमा सबै सरकारी कार्यालयहरूलाई देहाय बमोजिमको सार्वजनिक, पर्व एवम सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको छ:-

१. वर्ष भरिका शनिवार बिदाः
(क) चैशाख- ७, १४, २१, २८,  (ख) जेठ- ४, ११, १८, २५, ३२
(ग) असार- ७, १४, २१, २८  (घ) साउन- ४, ११, १८, २५, ३२
(ङ) भदौ- ७, १४, २१, २८,  (च) असोज-४, ११, १८, २५
(छ) कात्तिक-२,९, १६, २३, ३०  (ज) मङ्सिर- ७, १४, २१, २८
(झ) पुष- ५, १२, १९, २६ (ञ) माघ- ४, ११, १८, २५
(ट) फागुन-३, १०, १७, २४  (ठ) चैत- १,  ८, १५, २२, २९

२. पर्व बिदाहरु:

२.१ मुलुक भरी सार्वजनिक बिदा हुने पर्वहरु:

(क) नब वर्ष वैशाख १ गते आइतबार ।

(ख) महाशिवरात्री, फागुन ९ गते शुक्रबार ।

(ग) फागुपूर्णिमा, हिमाली, पहाडी तथा भित्री मधेशका ५८ जिल्लामा फागुन २६ गते सोमबार र देहायका जिल्लाहरूमा फागुन २७ गते मङ्गलबार । 

जिल्लाहरूको नामः

Morang  Parsa
Sunsari Nawalparasi (Bardaghat Susta West)
Siraha Rupandehi
Udayapur Kapilvastu
Dhanusa Dang
Mahottari Banke
Sarlahi Bardiya
Rautahat Kailali
Bara Kanchanpur

२.२ सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरु: 

(क) किराँत, राई, याख्या, सुनुवार, लिम्बू जातिको उभौली पर्ब- चण्डी पूर्णिमा (बैशाख पूर्णिमा), जेठ ४ गते शनिबार ।

(ख) गौरा पर्व भदौ ६गते शुक्रबार ।

(ग) इस्लाम धर्मावलम्बीहरूको पर्व, ईद (इदुल्ल फित्र) का दिन।

(घ) छठ पर्व कात्तिक १६ गते शनिबार ।

(ङ) इस्लाम धर्मावलम्बीहरूको पर्ब, बकर ईद (इदुल जोहा)का दिन।

(च) किराँत जातिको उधौली पर्व योमरी पुन्हि – ज्यापु दिवस (मङ्सिर पूर्णिमा, धान्य पूर्णिमा) मडसिर २६ गते बिहीबार ।

(छ) इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे (डिसेम्बर २५ तारिख) पौष ९ गते बुधबार ।

(ज) तमू ल्होसार पुष १५ गते मङ्गलबार ।

(झ) माधै सक्रान्ति एव माघी पर्ब (धारु/मगर/छन्त्याल जातिको राष्ट्रिय पर्व) माघ १ गते बुधबार।

(ञ) सोनम ल्होसार माघ ११ गते शनिबार ।

(ट) हिमाली आदिवासी शेर्पाहरूले मनाउने ग्याल्बो ल्होसार फाल्गुन १२ गते सोमबार ।

(ठ) सिरुबा पाबनी पर्वका दिन त्यस्तो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लाहरुमा ।

(ड) धवबाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लाहरुमा ।

 

३. महिला कर्मचारीहरूको लागि मात्र:

(क) 'हरितालिका(तीज), भदौ १६ गते सोमबार ।

(ख) जितिया पर्व असोज ५ गते आइतवार (जितियापर्व मनाउने महिला कर्मचारीहरूको लागि) ।

 

४. शिक्षण संस्थाहरूको लागि मा:

बसन्त पञ्चमी, माघ १६ गते बिहीबार |

 

५. जात्रा बिदा (काठमाडौं उपत्यकालाई मात्र)

(क) गाईजात्रा, साउन ३१ गते शुक्रबार ।

(ख) इन्द्रजात्रा, भदौ, २७ गते शुक्रबार ।

(ग) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन)।

(घ) घोडेजात्रा, चैत ११ गते मङ्गलबार ।

 

६. दशैं बिदाः

असोज १८ गते शनिबारदेखि असोज २२ गते बुधबारसम्म (फूलपातीदेखि एकादशीसम्म)

 

७. तिहार बिदाः

(क) लक्ष्मी पूजा, कात्तिक १० गते आइतबार ।

(ख) म्हपूजा, कात्तिक ११ गते सोमबार ।

(ग) गोवर्दन पूजा, भाइटीका, नेपाल संवत प्रारम्भ, कात्तिक १२ गते मङ्गलबार ।

 

८ . दिवस बिदाः

८ .मुलुक भरी सबैलाई हुने सार्वजनिक दिवस बिदाहरु:

(क) विश्व मजदुर दिवस, (मे १) वैशाख १८ गते बुधबार।

(ख) संविधान दिवस (राष्ट्रिय दिवस), असोज ३ गते शुक्रबार ।

(ग) अन्तर्राष्ट्रिय महिला दिवस, (मार्च ८) फागुन २५ गते आइतबार ।

८ .अपाइता भएका कर्मचारीहरुको लागि मात्रः अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, (डिसेम्वर ३) मङ्सिर १७ गते मङ्गलबार (नेपाल भित्रका अपाङ्गता भएका सम्पूर्ण कर्मचारीहरूको लागि मात्र) ।

 

९. जन्म जयन्ती बिदाः

९.१ मुलुक भरी सबैलाई हुने सार्वजनिक जयन्ती बिदाः बुद्ध जयन्ती, जेठ ४ गते शनिबार !

 

९.सम्बन्धित धर्मावलम्बीहरुका लागि मात्र:

(क) गुरु नानक जयन्ती, कात्तिक २६ गते मङ्गलबार (नेपाली शिख धर्मावलम्बी) ।

(ख) फाल्गुनन्द जयन्ती, कात्तिक २५ गते सोमबार (किराँत धर्मावलम्बी) ।

(क) गणतन्त्र दिवस, जेठ १५ गते बुधबार ।

(ख) निजामती सेबा दिवस, भदौ २२ गते आइतबार ।

(ग) राष्ट्रिय एकता दिवस, पुष २७ गते आइतबार ।

(घ) सहिद दिवस्‌ माघ १६ गते बिहीवार ।

(ङ) राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन ७ गते बुधबार ।

(च) जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस, जेठ २१ गते मङ्गलबार ।

 

११. विदेश स्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकका

सार्वजनिक बिदाहरूलाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्ने।

 

१२. सट्टाबिदा :

अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायरब्रिगेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण बिभाग, हुलाक आदि जस्ता निरन्तर र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयहरूले सार्बजनिक बिदाका दिनमा समेत कामकाज गर्नु पर्ने हुँदा त्यस्ता कार्यालयहरूमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाका दिन काम गरे बापत प्रचलित कानूनको रीत पुन्याई सट्टा बिदा बस्न सक्ने । 

१३. कार्यालय हाजिर हुने र छुट्ने समय:

(क) नेपालका सबै सरकारी कार्यालयहरुमा बैशाख १ गते देखि कात्तिक १५ गते सम्म र माघ १६ गते देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म हुने र कात्तिक १६ गते देखि माघ १५ गते सम्म बिहान १०:०० बजे देखि अपरान्ह ४:०० बजे सम्म हुने ।

(ख) शुक्रबार बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजेसम्म हुने ।

(क) “आधा दिन” भन्नाले कात्तिक १६ गते देखि माघ १५ गते सम्म तीन महिनाको लागि दिनको १:०० बजे र माघ १६ गते देखि कात्तिक १५ गते सम्म दिनको १:३० बजे सम्म सम्झनु पर्छ ।

(ख) सेवा ग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा असर नपर्ने गरी कार्यालय समयको १:०० बजे देखि २:०० बजे सम्म खाजा खाने समय कायम गरिएको छ ।

आज्ञाले,

प्रेम कुमार राई

नेपाल सरकारको सचिव

(नेपाल राजपत्रमा प्रकाशित)

Comments