TLC Banner

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको सरुवा फुकुवा सम्बन्धी सूचना प्रकाशित

MoEST Notice
MoEST Notice

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र

 प. सं.:- २०७५।०७६/ शि. व्य,    मितिः २०७६।०१।२२  च.नं.- १५७

विषयः सरुवा सम्बन्धमा

श्री शिक्षा विकास तथा समन्वय ड्काइ सबै ।

प्रस्तुत विषयमा यस केन्द्रको चलानी नं १३८ मिति २०७५।१२।११ को पत्रबाट शिक्षक सरुवा नगर्न निर्देशन दिएको सम्बन्धमा आन्तरिक तर्फको पदस्थापना र शिक्षकको अवकासका कारण कतिपय विद्यालयहरुमा शिक्षक व्यवस्थापन गर्न कठीनाई भएको भन्ने बुझिन आएकाले आन्तरिक तर्फको पदस्थापनाको कार्य सम्पन्न भएपछि पनि दरबन्दी रिक्त रहन आएमा, खुला प्रतियोगितात्मक विज्ञापनमा समावेश नभएका पद किटान तथा खुला तर्फको पदस्थापनामा असर नपर्ने गरी र दरबन्दी मिलानको काममा विद्यार्थी संख्याको कारणले उक्त दरबन्दी कटौति नहुने अवस्थामा मात्र आफ्नो जिल्ला भित्र तथा अन्तर जिल्लाको समान तहको रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत स्थायी शिक्षकहरुलाई सम्बन्धित गाउँ / नगर पालिकाको समन्वयमा प्रचलित ऐन कानुन अनुसार सरुवा गर्न सकिने व्यहोरा जानकारीका लागि निर्देशानुसार अनुरोध छ ।

 

भुवनेश्वर जोशी

शाखा अधिकृत

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.