TLC Banner

राष्ट्रिय वाणिज्य बैंकले Online दरखास्त सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित

RBB Notice for Online Application Submission
RBB Notice for Online Application Submission

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालय मानव संशाधन विभागको सम्मानित सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशबमोजिम यस बैकमा कार्यरत कर्मचारीहरूलाई खुला तथा आन्तरिक प्रतियोगिताका लागि Online दरखास्त फाराम भर्ने सम्बन्धी सूचना

प्रकाशित मितिः २०७६।१।२१

यस बैंकबाट मिति २०७५ |१२।२२ को गोरखापत्र दैनिकमा खुला तथा आन्तरिक प्रतियोगिताका लागि प्रकाशित विज्ञापनहरूमा यस घैंकमा कार्यरत कर्मचारीहरू उमेर हट तथा शैक्षिक योग्यताका कारणबाट उक्त विज्ञापनहरूमा सहभागीताको अवशरबाट वञ्चित रहेको भनी सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएकोमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७६।१|१७ मा जारी भएको अल्पकालिन अन्तरिम आदेश तथा पदपूर्ति समितिको निर्णयानुसार यस वैंकमा कार्यरत कर्मचारीहरूलाई वैंकको कर्मचारी सेवा विनियमावली, २०७० को चौथो संशोधन पुर्वको उमेरको हद सम्बन्धमा विनियम १० कोउप विनियम (२) मा भएको व्यवस्था अनुरुप खुला विज्ञापनमा सहभागी गराउन र विनियम ६ को उप-विनियम १) को खण्ड (च) मा रहेको व्यवस्थाबमोजिम आन्तरिक प्रतियोगितात्मक परीक्षामा सहभागी गराउन सर्वेच्च अदालतबाट अर्को आदेश नभए सम्म हाललाई मिति २०७६।१|२० गते देखि २०७६|२।९ गतेसम्म तथा दोब्बर दस्तुर बुझाई थप ७ दिन (मिति २०७६।२|१६) सम्म दरखास्त फाराम मर्ने व्यवस्था मिलाईएकोले सो अनुरुप दरखास्त फाराम भर्न मिति २०७६।१|१२ गतेसम्म खुला विज्ञापनका शैक्षिक योग्यता भएका र आन्तरिक प्रतियोगिताका लागि तोकिएको सेवा अवधि पुगेका तथा विनियम २३ बमोजिम बढुवाका लागि कुनै बन्देज नलागेका यस वैंकमा कार्यरत कर्मचारीहरूलाई Online दरखास्त फाराम भर्नुहुन जानकारीका लागि अनुरोध छ ।

विज्ञापनसम्बन्धी विस्तृत विवरण यस अघि मिति २०७५|१२|२२ को गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा हेर्नुहुन समेत अनुरोध छ । सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशका सम्बन्धमा मिति २०७६।१।२४ गते छलफलको लागि पेसी तोकेको हुनाले सूचनावमोजिम परेका दरखास्त फारामका सम्बन्धमा सो छलफल पश्चात सम्मानित सर्वोच्च अदालतबाट प्राप्त हुने आदेशबमोजिम भई जाने व्यहोरासमेत जानकारी गराइन्छ ।

विज्ञापनको परीक्षा दस्तुरसमेत Online मार्फत RBB Mobile Banking बाट र आन्तरिक प्रतियोगिताको परीक्षा दस्तुर केन्द्रीय कार्यालयको आम्दानी अन्यको अन्य लेखा कोड नम्बर ९५९९०२००० हिसाबमा सम्बन्धित कर्मचारीको कर्मचारी नम्बर गरी रकम जम्मा गरेको अर्धकट्टी मौचर Scan गरी Attach गर्नुपर्नेछ ।

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.