TLC Banner

नयाँ तलब मान अनुसार कुन शिक्षकले कति तलब प्राप्त गर्छन?

Teacher
Teacher

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष २०७६/ ७७ को बजेट संघिय संसद मा पेस गर्नु एक हप्ता अघि देखि नै सहर बजार देखि गाउँघर र सरकारी कार्यलयहरुमा राष्ट सेवक कर्मचारीको तलब कम्तीमा २० देखि ३० प्रतिशत बढ्नेबारे बहस चलिरहेको थियो।

जब अर्थमन्त्रिले संघिय संसदमा बजेटमार्फत राष्ट सेवक कर्मचारीको तलब दर्जा अनुसार १८ देखी २० प्रतिशत बढेको घोषणा गरे तब कर्मचरीहरुको मुहारमा खुशी छायो तर मुल्य वृद्धि हुने डरले सर्वसाधारण जनताको अनुहार अध्यारो भयो।

अर्थमन्त्रीले जेठ १५ गते घोषणा गरेको आर्थिक वर्ष कोबजेटमार्फत प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकको तलब दर्जा अनुसार १८ देखि २० प्रतिशत वृद्धि भएको छ । सरकारले बजेटमार्फत राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि गरेसँगै शिक्षकको पनि तलब पनि सोही अनुसार वृद्धि हुने भएको हो ।

आर्थिक बर्ष २०७६/ ७७ को कूल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेटमा शिक्षा क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रुपैंया  विनियोजन गरिएको छ । यो कूल बजेटको १० दशमलब ६८ प्रतिशत हो ।

गत आर्थिक बर्षको तुलनामा अँकमा बजेट बढेको छ । गत आर्थिक बर्षको कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैंयाको मध्ये शिक्षाका लागि १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख विनियोजन गरिएको थियो । जुन कूल बजेटको १० दशमलब २ प्रतिशत हुन आउछ ।यो तुलनात्मक रुपले ०.४८ प्रतिशत मात्र बढि हुन आउछ।

सरकारले बृद्धि गरेको तलब एक जना शिक्षकको औषतमा महिनाको तीन हजार ले मात्र वृद्धि हुँदा करिव डेढ लाख शिक्षकको लागि मात्रै १३ महिनाका लागि ५ अर्ब भन्दा धेरै रकम तलबकै लागि मात्र आवश्यक पर्छ ।

नयाँ तलब मान अनुसार सरकारी शिक्षको तलबः

 तह  पहले   अहिले
प्राथमिक तह (तृतीय) : 22170 26604
प्रावि द्वितीय : 23500 28200
प्रावि प्रथम :  30500 35990
निम्न माध्यमिक तह तृतीय : 23500 28200
निमावि द्वितीय :  30500 35990
निमावि प्रथम :  32100 37878
माध्यमिक तृतीय :  30500 35990
माध्यमिक द्वितीय :  34220 40379
माध्यमिक प्रथम :  40150 47377

Last updated on Jan 25, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.