TLC Banner

विश्वका प्रभावशाली ब्यक्तीको सूचीमा एक नेपाली

Bhumika Shrestha
Bhumika Shrestha

चाँदनी हमाल- काठमाडौँ, जेठ १७ गते । बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सार्वजनिक गरेको विश्वका एक सय प्रभावशाली व्यक्तमध्ये नेपालकी भूमिका श्रेष्ठ पर्नुभएको छ।

लैङ्गिक समानताका लागि योगदान दिनै प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठ युवा नेतृत्व गर्ने व्यक्तिका रूपमा छानिनु भएको हो । उहाँ तेस्रो लिङ्गी हुनुहुन्छ । संस्थाले विश्वभरबाट छनोट गरेका नौ हजार जनाबाट एक सय भूमिकाको वास्तविक नाम कैलाश श्रेष्ठ हो।

बाल्यकालदेखि नै पुरुषभन्दा महिलाको चरित्र देखिएपछि सुरुमा परिवारले उहाँको स्वाभावलाई बालसुलभ कामका रूपमा लिएका थिए प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको हो। यो सूचीमा पर्न भूमिकाले केवल तेस्रो लिङ्घीको अधिकारका लागि मात्र काम गरेकाले भने होइन । तर ११ वर्षको हुँदा पनि त्यो व्यवहार परिवर्तन हुनुको साटो बढ्दै गयो । “बल्ल मैले म अरूभन्दा फरक छु, भन्ने महसुस गर्न थालेँ,” श्रेष्ठले बाल्यवस्था स्मरण गर्नुभयो, “केटीले जस्तै गाजल लाउने, दुई चुल्ठी बाट्ने, फ्रक लाएर खेल्न जाने अनि कम्मरमा गाग्री बोकेर हिँड्दा सबैले उल्याउँथे ।”

उहाँ आठ वर्षको उमेरमा बुबा बित्नुभयो । आमाको सहारामा हुकिंदा स्कुलमा केटाहरूले केटी भनेर जिस्काउने, शौचालय जाँदा दुर्व्यवहार गर्ने, शिक्षकले केटा जस्तो भएर यस्तो किन गरेको भनेर हरेक दिन श्रेष्ठलाई गाली गर्थे। “भोलि कपाल काटेर केटा जस्तो भएर नआए सजाय दिने भनेर प्रिन्सिपलले भनेपछि दस कक्षाको पढाइ नै छाडे," उहाँले पीडा पोख्नुभयो ।

कैलाशबाट भूमिका बनेपछि

फरक पहिचानर्कै कारण अनेक समस्या भोग्दै उहाँ १७ वर्षको उमेरमा ब्लु डायमन्ड  सोसाइटीको सम्पर्कमा पुग्नुभयो । त्यहीँबाट उहाँ कँलाश श्रेष्ठबाट भूमिका श्रेष्ठ बन्नुभयो

सन्‌ २००४ ताका नेपाल टेलिभिजनले सञ्चालन गर्ने हाम्रो काठमाडौँ कार्यक्रममा उहाँले पहिचान खुलाएरै अन्तरवर्ता दिएपछि लुकेका धेरै तेस्रो लिङ्गी बाहिर आए | लैङ्गिक पहिचान भनेको महिला र पुरुषको मात्र हैन, समाजमा रहेका हरेकको हुनुपर्छ भनेर सुनिलबाबु पन्त, पिङ्की गुरुङलगायतसँग हातेमालो गर्दै पहिचानको अधिकार प्राप्त गर्ने यात्रामा सामेल हुनुभयो ।

कानुनी लडाइँको सफलता

वि.सं. २०६४ साल पुस ६ गते सर्वोच्च अदालतले विमेदकारी कानुन खारेज गरी तेस्रो लिङ्गी तथा लैङ्गिक अल्पसङ्ख्यकलाई अन्य नागरिकसरह अधिकार दिन सरकारलाई निर्देशन दिँदै फैसला गन्यो। सरकारलाई फरक लैङ्गिक पहिचान भएकै आधारमा मौलिक हकबाट वञ्चित नगर्न भनेपछि संसद्ले कानुन बनाउने बाटो पायो । सुनिलबाबु पन्तले तेस्रो लिङ्गीका तर्फबाट सर्वोच्चमा दायर गरेको स्टिमा त्यो परिवर्तनकारी निर्णय भएको श्रेष्ठ बताउनुहुन्छ। नेपालको संविधान २०७२ को घारा १२, १८ र ४२ ले तेस्रो लिङ्गी तथा लैङ्गिक अल्पसङ्र्यकको हक सुनिश्चित गरेको छ। साँवधानमै तेस्रो लिङ्गीको अधिकार उल्लेख गर्ने दक्षिण अफ्रिका, इक्वेडरपछि नेपाल तेस्रो राष्ट्र हो।

थपियो उत्साह

सूचीमा परेपछि प्रतिक्रिया दिँदै उहाँले काममा सक्रिय हुन कर्जा थपिएको बताउनुभएको छ । “सूचीमा परेको खबर पाएपछि निकै उत्साहित भएको छु," उहाँले भन्नुभयो, “अबउपलब्ध हुने मञ्चमा नेपालमा व्याप्त लैङ्गिक असमानता हटाउने उपायबारे बहस चलाउनेछु ।”

बत्तीस वर्षीया श्रेष्ठ हाल तेस्रो लिङ्गीको हकहितका लागि काम गर्ने संस्था ब्लु डायमन्ड सोसाइटीमा कार्यक्रम व्यवस्थापक, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घमा उपाध्यक्ष, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विद्यार्थी मञ्चमा कोषाध्यक्ष, महिलाको लागि लैङ्गिक समानतासम्बन्धी काम गर्ने संस्था “लुम'मा सल्लाहकार लगायतका बालबालिकाको क्षेत्रमा काम गरिरहनुभएको छ। - गोरखापत्रबाट

Last updated on Jan 27, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.