TLC Banner

बार्षिक प्रगति विवरण पठाउने सम्बन्धमा शिक्षा मन्त्रालयको सूचना

Notice of MoEST for annual Revenue Report Submission
Notice of MoEST for annual Revenue Report Submission

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,  शिक्षा तथा मानव स्रोत विकास केन्द्र

बार्षिक प्रगति विवरण पठाउने सम्बन्धमा सबै प्रदेश सामाजिक विकास मन्त्रालय/ महानगरपालिका /उपमहानगरपालिका/ नगरपालिका/गाउँपालिकाहरुलाई अनुरोध:

आर्थिक बर्ष २०७५/०७६ मा सम्पादन भएका देहायका कार्यक्रम अन्तर्गतका क्रियाकलापहरुको प्रगति विवरणका आधारमा यस केन्द्रले एकिकृत प्रगति विवरण तयार गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विकास साझेदारहरु समक्ष आर्थिक बर्ष समाप्त भएको एक महिना भित्र सम्प्रेषण गर्नु पर्ने भएकाले तहाँ मन्त्रालय/पालिकामा बित्तीय हस्तान्तरण भएको सशर्त अनुदानबाट कार्यान्वयन भएका कार्यक्रमहरूको आब २०७५/७६ को तेश्वो चौमासिकको प्रगति प्रतिवेदन आर्थिक बर्ष समाप्त भएको १० दिन भित्र म.ले.प.फा.नं. २७५ को अनुसूचि- ७ तथा तपशीलको ढाँचामा तयार गरी यस केन्द्रमा पठाइदिनु हुन अनुरोध छ । साथै तहाँबाट विकास भएका शिक्षा सम्बन्धी नीति, योजना, कार्यक्रम, कार्यविधि, प्रतिवेदन लगायतका सामग्री नियमित रुपमा यस केन्द्रको इमेल ठेगाना education.interaction@gmail.com मा प्राप्त हुने गरी पठाइदिनु हुन समेत अनुरोध छ ।साथै सबै शिक्षा विकास तथा समन्वय इकाईहरुले उक्त प्रतिवेदन सम्प्रेषण गर्ने कार्यमा सहजीकरण गर्नुहुन अनुरोध छ ।

मिति : २०७६/०३/३१ - प.सं.: ०७५ /०७६ 

 

 

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.