TLC Banner

भर्चुअल कक्षा सञ्चालन सम्बन्धी सूचना

Notice Regarding to run the virtual class
Notice Regarding to run the virtual class

श्रव्यदृश्य शाखाको भर्चुअल कक्षा सञ्चालन सम्बन्धी सबै शिक्षा विकास तथा समन्वय इकाइ एवम्‌ स्थानीय तहहरूलाई अनुरोध

यस केन्द्रद्वारा माध्यमिक तहका सबै विद्यालयहरू (सामुदायिक, खुला, वैर्कल्पक र निजी) लाई लक्षित गरी विषयगत पाठ सिकाइमा सहयोग पुन्याउने उद्देश्यले कक्षा १० का ६ ओटा अनिवार्य विषयहरूको प्रत्यक्ष शिक्षणमा आधारित रेकर्डेड Video पाठहरू उत्पादन गरी नेपाल टेलिभिजनको NTV Plus च्यानलबाट हरेक दिन ११.०० बजेदेखि दिउँसो १.०० बजेसम्म श्रव्यदृश्य सामग्रीको रूपमा Virtual कक्षा पाठ प्रसारण भइरहेकाले सम्बन्धित विद्यालयहरूले दैनिक कक्षा समयतालिका र अन्य आवश्यक व्यवस्था अनुकूलता अनुसार मिलाई उक्त समयमा विद्यार्थी तथा शिक्षकहरूले लाभ लिनुहुन अनुरोध छ ।

साथै केन्द्रबाट उत्पादन गरी प्रसारण गरिएका उक्त पाठहरू र समयतालिका लागि www.facebook.com/ncedvirtual र www.youtube.com/ncedvirtual मा आफ्नो आवश्यकता अनुसार उपयुक्त समयमा सम्बन्धित सबैले हेर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ ।

साथै यसरी प्रसारण गरिएका विषयगत श्रव्यदृश्य पाठहरू “एनालग प्रविधि' जडान गरी जिल्लास्थित सबै माध्यमिक विद्यालयहरूमा टेलिभिजनमार्फत प्रसारणको सुनिश्चितता गरी हेर्ने व्यवस्था मिलाउनका लागि ७७ ओटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकइहरूले आआफ्नो स्थानीय तह (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका) सँग समन्वय गर्नुहुन अनुरोध छ ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.